मनसुन अझै बाहिरिएन, आज कहाँ-कहाँ पर्छ पानी ?

डिसी नेपाल
११ असोज २०७८ ७:४७
260
Shares

काठमाडौं। मनसुन निस्क्रिय भए पनि अझै बाहिरिएको छैन। उत्तरार्धमा मनसुन कायमै हुँदा मुलुकमा हल्का वर्षा हुने गरेको छ। यो पटक संशोधित तालिका अनुसार मनसुन बाहिरिन अझै ६ दिन रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मौसमविद् गंगा नगरकोटीका अनुसार नेपालमा तीन दिनसम्मको मौसम पूर्वानुमान हुने भएकाले मनसुन बाहिरिनेबारे अझै प्रष्ट आँकलन भइसकेको छैन।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मंगलबार प्रदेश १ र २ का एक÷दुई स्थान र बाँकी प्रदेशका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ। बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *