थप १ हजार २८२ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

डिसी नेपाल
११ असोज २०७८ १६:३१

काठमाडौं । गत २४ घण्टामा नेपालमा १५ हजार ४८८ जनाको परीक्षण गर्दा १ हजार २८२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार २६२ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ४०७ परीक्षण गर्दा ३०७ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ७ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ जना रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *