जाे खुट्टा काट्नै पर्ने थाहा पाएपछि धित मर्ने गरी नाचिन्

तर्कबहादुर थापा
१२ असोज २०७८ १०:३८
1.2k
Shares

काठमाडौं। चितवन क्यान्सर अस्पताल रिफर गरेपछि मनमा चिसो पसेको थियो। अन्ततः खुट्टा नै काट्नु पर्‍यो।’  चितवन मेघौलीकी सीता सुवेदी आफ्नो २१ वर्ष पहिलाको दशैंको सम्झनामा गर्दै आफूलाई भाग्यमानी भएको बताउछिन्। सीतालाई त्यो बेला आफ्नो खुट्टा भन्दा ज्यान प्यारो भयो। न होस पनि कसरी एउटा खुट्टाका कारण ज्यान जुमाउनु छ।

अहिले त पुराना कुरा धेरै बिर्सिन् सीताले। बाबा बालकृष्ण सुवेदी र आमा सरस्वती सुवेदीको जेठो सन्तानको रुपमा चितनको मेघौलीमा जन्म लिएकी सीता १२ वर्षको उमेरसम्म अरु जस्छै छिन्। दुबै खुट्टाले हिँड्डुल गर्दै आमाबुबाको साहार बनेकी उनलाई ५८ सालको दशैंले ठूलो चोट दिएर गयो।

दशैंमा अरु जस्तै भाइबहिनीलाई साइकलको अगाडि पछाडि राखेर मामा घर गएकी सीताको खुट्टा विस्तारै सुनिन् थाल्छ। साइकलको जोड परेकोले होला भन्दै दुःख्दै गरेको खुट्टालाई सामान्य औषधि मुलो गर्दै सञ्चो पार्ने प्रयास नभएको भने होइन्। खुट्टा सञ्चो हुनुको साटो झनझ बल्झिँदै गयो। उनी आत्तिइन्।

खुट्टाले धेरै दुःख दिनथालेपछि चितवनका अस्पतालहरुमा उपचार गराइन्। सीताले त्यो बेला सम्झँदै भनिन्, ‘त्यहाबाट चितवन क्यान्सर अस्पतालमा उपचारको लागि रिफर ग¥यो। त्यो बेलामा नै मनमा चिसो पसेको थियो। मैले मानेन्।’

चितवन क्यान्सर अस्पताल रिफर भए पनि उनले आलटाल गर्न खोजिन्। त्यस बाहेकका धेरै अस्पताल र मेडिकलहरुमा चेकजाँच गराइयो। सबैले क्यान्सर अस्पताल नै रिफर गर्न थाले अन्ततः चितवन क्यान्सर अस्पताल पुगिन् सीता।

‘त्यो खुट्टा सुनिएकै कारण त्याहाँ पुगेपछि हड्डी चोइटिएको देखियो। हड्डीलाई नै निकालेर चेकजाँच गर्नु पर्ने डाक्टरको सल्लाह अनुसार त्यो काम पनि गरियो। केही दिन पछि नै जे नहुनु पर्ने थियो। जुन कुराले मनमा चिसो पसेको थियो। त्यही भयो। मेरो घुँडामा क्यान्सर देखियो।’

अनुभव सुनाउँदा सीताका आखामा त्यो बेलाको तस्वीर देख्न सकिन्थ्यो। अहिले धेरै बुझ्ने अवस्थामा भएकी उनी खुट्टामा क्यान्सर देखिएका बेला जम्मा १२ वर्षकी थिइन्। १२ वर्षको उमेरमा खुट्टाको क्यान्सर भएपछि र खुट्टा काट्न पर्ने अवस्था आएपछि उनको मनमा के बितेको थियो होला भनेर सहजै अनुमान लगाउन सकिन्छ।

जीवनमा रात परेको अनुभूति गरेँ

समाजमा अपाङ्गता भएका व्यक्तिहरु प्रतिको धारणा अझै पनि सोचे जति परिस्कृत हुन सकेको छैन। हामीले अझै पनि समाजमा अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकेका छैनौं भने त्यो बेलाको समाजले कसरी त्यस्ता कुरा स्वीकार गथ्र्यो।

घरको जेठी सन्तान सीता अब आमाबुबामाथि भार पर्ने निश्चितनै भयो। उनी पछि भएका भाइबहीनीमा पनि उनको भार पर्ने सर्वत्र आंकलन भयो।

‘बुबा आमाले मलाई खुट्टा काट्ने कुरामा कन्भिन्स गर्न सक्नु भएन।’ सीताले अनुभव तत्कालीन समाजको चित्रण गर्दै भनिन्, ‘मसँग विकल्प थिएन। अंकले दुईवटा विकल्प अघि सार्नु भयो। पहिलो खुट्टा काटे केही वर्ष बाँचिन्छ होला। दोस्रो खुट्टा नकाटेको अवस्थामा ज्यान तलमाथि हुन सक्छ। अझै डर बढ्यो र म खुट्टाकाट्न राजी भएँ।’

सीताले भनिन्, ‘विद्यालय पढ्दै थिएँ। हिजो अस्तिसम्म दुई खुट्टा टेकेर विद्यालय गइरहेकी म। अब खुट्टा काट्नु पर्छ भन्दा भविष्यलाई हेर्न थालेँ। कुनै पनि ठाउँमा उज्यालो देखिन्। मेलै खुट्टा काटेपछि त भविष्य नै अन्धकार हुन्छ। जीवनभरी रात पर्छहोला।’

खुट्टा काट्नु पहिला धित मर्ने गरी नाचेकी हुँ

न आउनु पर्ने मोड जीवनमा आएपछि मन बुझाउनुको विकल्प थिएन्। म सानैदेखि नाच्न मन पराउने म अब नाच्न नपाउने भएँ भन्ने धेरै पीर लाग्यो। मैले त्यो बेलामा अब पछि पाइन्छ पाइन्न नाच्छु भने।

‘हुन त पारिजात दिदीको बहिनीसँग भेट भएपछि मेरो नृत्यको मरेको कोपिला फेरि पलाएको थियो। तर, पनि मैले त्यो बेलामा आफूलाई मन भरिने गरी नाचेकी थिएँ।’ विगत सम्झिँदै भनिन् सिताले, ‘वाइबा दिदीसँग भेट भएपछि त म नेपालमा भएका धेरै कार्यक्रममा पुगेकी छु। धेरै ठाउँमा नाचेकी छु। मैले आफूले धेरै ठाउँमा एक खुट्टाले नाचेर परिवारलाई पनि सहयोग गरेकी छु।’

विश्वभरका अपाङ्गता भएका व्यक्तिहरुको भेलामा नेपालको तर्फबाट भाग लिन सीता चीन र कोरिया पुगेकी छिन्। कोरोना महामारीले संगीत क्षेत्रमा परेको असरले सीतालाई पनि दुःखी तुल्याएको छ। तर, अहिले पनि कोरोना महामारी सुरु हुनु पूर्व नाचेर कमाएको पैसाले नै जीवन धानिरहेको सीताको अनुभव छ।

अहिले सबैले माया गर्छन

खुट्टाको क्यान्सर र उपचारपछिको जीवनको कल्पना गरेर धेरैले सीताको कुरा काटे। ‘आमाबुबाको साहारा भएकी छोरी आमाबुबालाई नै बोझ बन्ने भइ भने’ सीताले सुनाइन, ‘म त्यो बेलामा कति रुन्थेँ। मलाई के के सम्म भनेनन् गाउँलेले। यसरी बचाउनु भन्दा मर्न दिएको भए हुनेसम्म भने। यस्ता शब्दहरु प्रयोग गरे की मैले अहिले यहाँ भन्न पनि सक्दैन।’

‘विद्यालयमा पनि एकै पटक बैशाखीको भरमा पुगेपछि सबै साथीहरु तर्किए।’ विद्यालय जाँदाको संघर्ष र अनुभवमा सीताले सुनाइन्, ‘क्यान्सर सर्ने रोग हो झैं गरे। शिक्षकहरुले क्याम्पियन नै चलाएर क्यान्सर सरुवा रोग नभैको बुझाउनु भयो। अझै अपाङ्गता भएका व्यक्तिहरुलाई गर्नु पर्ने व्यवहारका बारेमा पनि सुनाउनु भएपछि अल हल्का भयो।’

विस्तारै उनको पढाइले एक अवस्था पार गर्‍यो। उनी एसएलसी पास भइन्। त्यसपछिका दिन पनि धेरै संघर्षपूर्ण र चुनौतीपूर्ण भए। ती संघर्ष र चुनौतीलाई पार गर्दै सीताले कमाउन थालिन्। ‘मैले आफ्नो अघि आएका सबै काम गरेकी छु’ सीताले भनिन्।

काम गरेर कमाउन थालेपछि घर परिवारलाई पनि सहयोग भयो। कुनै बेला आफ्नो उपचारको लागि रित्तो बनाएको आमा बुबाको ढुकुटीमा पुनः केही कुरा थपिन थाल्यो। त्यसपछि समाजले पनि अहिले त बुझेर होला माया गर्न थालेका छन्।

धेरै पटक मरेर बाँचेकी हुँ रे!

म विरामी भएपछि घरलाई ठूलो धक्का लाग्यो। आमा बुबाले पनि गर्ने सबै गर्नु भएको थियो। मध्यम वर्गीय परिवारमा जन्म लिएकी सीताको औषधीमूलो महङ्गो पर्न गयो।

जतिसुकै महङ्गो परे आमाबुबाले हार खानु भएन्। मलाई बचाउने उद्येश्यमात्र राखेर मेरो उपचारको लागि नै खटिनु भयो। दुई पटकको किमो थेरापी, अप्रेसनलगायत अस्पतालमा लाग्ने सम्पूर्ण खर्च गरिसक्नु भएको थियो।

‘मेरो तेस्रो पटकको किमो थेरापी भएपछि अलि गाह्रो भयो।’ सीताले आफ्ना अस्पतालको बेडमा भएका दिनहरु स्मरण गर्दै भनिन्, ‘मेरो मनमा लागेको थिएन कि म कमजोर छु। तर, शरिर पूरै शिथिल भयो। मैले धेरै कुरा थाहै पाएन। डाक्टरहरुले त आमाबुबालाई तीन बजेसम्म मात्र छन् सीता तयारी गर्नुस्। ४ बजेसम्म छिन्,… यस्तै यस्तै भनेर भन्नु भएछ। आमाले पछि भन्नु हुन्थ्यो ४ पटकसम्म मरेकी भनेर तयारी गर्न पठाएका हुन् रे। त्यसरी ४ पटक मर्दा पनि बाँचेकी हुँ।’

केही गर्ने हुटहुटीले छोडेन्

सबै तिरबाट घरपरिवारलाई अफ्ठेरोमा पारेर, आमाबुबाको आखामा आशुको बलेसी झारेर, मृत्युसँगको लडाइँ जितेपछि सीताले म बाँचेको केही गर्नका लागि हो भन्ने मनमा लिइन्। उनले एसएलसी पछिदेखि नै काम पनि गर्न थालिन्। काठमाडौं आएर पनि लामो समय टुर्स एण्ड ट्राभल्समा काम गरिन्।

‘करिव ८ वर्ष गरेँ हुला,’ उनले भनिन्, ‘त्यो बेलामा पढाइलाई नै माया मारेर काम गरेकी थिएँ। पछि बुझ्दै जाँदा पढाइ त अझै महत्वपूर्ण रहेछ झै लाग्यो। मैले पुनः जागिर छोडेर पढ्न थालेँ। पि के क्याम्पसमा नेपाली र म्यूजिक विषय लिएर पढ्न थाले पछि स्नातक त क्याम्पस प्रथम भएर नै कटाएँ। त्यसपछि मैले नेपालीमा स्नातोत्तर पनि सकेँ। अहिले म्यूजिकमा स्नातोक्तोर गरिरहेकी छु।’

धेरैले आफूसँग नभएको कुरालाई लिएर पीर गर्दै दुःख मान्दै बस्छन्। तर, सीताले त्यही कुरालाई अवसरमा बदलिन। बाहिर धेरै नहिँड्ने भएपछि उनले आफूलाई दुई बिषयमा मास्टर्स गर्न सफल पारिन्।

संगीत र नृत्यलाई एक सिक्काका दुई पाटा मान्दै आएकी सीताको जीवनको अर्को पाटो पनि संगीत नै थियो। उनले आफूलाई संगीतभन्दा पर राखेर बस्न सकिनन्। साहित्य सृजनामा आफ्नो कलमलाई निरन्तर दौडाइरहेकी सीताले सृजना गरेको गीत बजारमा पनि छ। प्रताप दासले गाएको उक्त गीत यूट्युवमा पनि देख्न सकिन्छ।

‘अझै पनि अरु गीत रेकडिङ भइरहेका छन्,’ सीताले भनिन्, ‘अहिले प्रताप दास र मीना पोखरेलको स्वरमा रहेको बाबरी फूलको बोट बजारमा छ। अझै पनि अरु गीत रेकर्डिङको अवस्थामा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *