सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन्। न्यायपरिषद्को बिहीबारको बैठकले शर्मालाई प्रस्तावित प्रधानन्यायाधीशका रुपमा अघि सारेको हो।
वरिष्ठतम् न्यायाधीशको रोलक्रमको चौथो स्थानमा रहेका न्यायाधीश शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका हुन। नेपालको न्यायिक इतिहासमा रोलक्रम मिचेर प्रधानन्यायाधीकका रुपमा सिफारिस गरिएको यो पहिलो घटना हो।
कामू प्रधानन्यायाधीशसमेत रहेकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल पहिलो नम्बरमा रहेकी थिइन्। त्यसपछि क्रमश: न्यायाधीश कुमार रेग्मी र हरि फुयाल वरियता क्रममा रहेका थिए।
शर्मा ६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। शर्मा संसदीय सुनुवाइबाट अनुमोदन भएमा पुरै कार्यकाल ६ वर्ष प्रधानन्यायाधीश रहनेछन्।
न्याय परिषद्को बैठकमा बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी सहभागी थिए ।







डिसी नेपाल







Facebook Comment