भक्तपुरमा भारतीय टेलरकाे ठक्करबाट एक जनाकाे मृत्यु

डिसी नेपाल
१२ असोज २०७८ १२:१२
4
Shares

काठमाडौं । भक्तपुरकाे अरनिको राजमार्ग अन्तर्गत पर्ने सूर्यविनायक सल्लाघारी सडक खण्डमा सोमबार राति भारतीय टेलरको ठक्करबाट मोटरसाइकल चालक गणेश रजौराको मृत्यु भएको छ।

सूर्यविनायक नगरपालिका–३ बालकोटका बस्दै आएका ४५ वर्षीय रजौरालाई भारतीय टेलरले ठक्कर दिएको हो। सोमबार राति साढे १० बजे नगरकोट मोडबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०२–००८ प २५०१ नम्बरको मोटरसाइकललाई आरजे ०२ जिबी १९१७ नम्बरको १८ चक्के भारतीय टेलरले ठक्कर दिएको हो।

टेलरको ठक्करबाट गम्भीर घाइते भएका रजौराको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला परिसर भक्तपुरले जनाएको छ। मोटरसाइकलको पछाडि सवार कौशलटारका २८ वर्षीय अमृत सिलवाल सामान्य घाइते थिए।

उनी उपचारपछि डिस्चार्ज भइसकेका छन्। टेलर चालक भारत राजस्थान प्रदेश अलबर जिल्ला बस्ने ५० वर्षीय महादेव शर्मालाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *