डुबेर बेपत्ता किशोरको शव फेला
काठमाडौं। पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ ।
सोमबार दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बिगु गाउँपालिका–४ लादुकका १८ वर्षीय टीकाराम तामाङको शव आज फेला परेको हो । घर नजिकै शान्ति आर्दश माविसँगै रहेको पोखरीमा तामाङ हिजो दिउँसो साथीसँग पौडी खेल्न गएको र पोखरीमा डुबेर बेपत्ता भएका थिए ।
डुबेर बेपत्ता भएको खबर पाउनसाथ इलाका प्रहरी कार्यालय सिङगटीको टोली घटनास्थलमा खोजीको लागि पुगेको भए पनि राति खोजी गर्न समस्या भएपछि स्थानीयवासीको सक्रियतामा आज बिहान शव फेला पारेको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए।
परीक्षणका लागि शवलाई चरीकोट अस्पतालमा ल्याउने तयारी भइरहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment