माओवादी स्थायी कमिटी बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार मुख्य एजेण्डा
काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बुधबार बस्दैछ। बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो। यसअघि बैठक बिहान ९ बजे बस्ने भनिए पनि तीन घण्टा पर सारिको हो।
स्थायी कमिटी बैठकको मुख्य एजेण्डा मन्त्रिपरिषद् विस्तार रहेको नेताहरूले बताएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको साढे दुई महिना वित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। यसअघि तत्कालीन एमाले र जनता समाजवादी पार्टीलाई विभाजनमा सघाउन ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश निस्क्रिय नहुँदा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन्।
यो अध्यादेश निस्क्रिय भएसँगै अब मन्त्रिपरिषद् विस्तार हुने ठानिए पनि सत्ता साझेदार दलभित्र मन्त्रीका आकांक्षि धेरै हुँदा लम्बिदै गएको छ।
माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनिसकेका छन् । माओवादीले पार्टीबाट मन्त्रीको टुंगो लगाउने जिम्मेवारी यसअघि नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइसकेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment