लट्रीमा ८ करोड रुपैयाँ जिते, सबै पैसा पनि लिए तर आफ्नो हात रित्तै !

डिसी नेपाल
१३ असोज २०७८ १४:५२

काठमाडौं। अस्ट्रेलियामा एक व्यक्ति रातारात करोडपति बने । उनको करोडौंको लट्री लागेको थियो । तर, उनले यो पैसा आफ्नो लागि प्रयोग गरेनन् । उनले यो पैसाले यस्तो काम गरे जसले सबैलाई आश्चर्यमा पारिदियो ।

अस्ट्रेलियाका पिटर चार्लटनले ट्याट्स लोट्टो लट्री जितेका थिए । लट्रीमा उनले झण्ढै ९ लाख अस्ट्रेलियन डलर जितेका थिए । तर, यति धेरै रकम हातमा आएपछि चार्लटनको मन बदलियो । उनका अनुसार यति ठूलो रकम आफूसँग राख्दा उनले सहज महसुस गरिरहेका थिएनन् । चार्लटनले यो सबै पैसा ‘आथिृक र भावनात्मक रुपले संघर्षरत’ व्यक्तिहरुलाई दान गरिदिए ।

चार्लटनले लकडाउनको क्रममा आफ्ना दुःख पाएका मित्रहरु र अन्य दुःख पाएका अञ्जान व्यक्तिहरुलाई यो पैसा बाँडिदिए । चार्लटनका अनुसार उनको अरुले उनले यति धेरै रकम जितेको कुरा थाहा पाउनुभन्दा पहिले नै उद्देश्य यो पैसाबाट छुटकारा पाउनु थियो ।

चार्लटनले सेभेन न्यूजको ‘माइ बिग स्टोरी’ नामको युट्युब शोमा यसको खुलासा गरेका हुन् । उनका अनुसार उनले आफ्ना दिवंगत काका चार्लीको स्मृतिमा ३ टिकट किनेका थिए । लट्री लागेपछि उनी मित्रहरु, परिवारका सदस्यहरु र अञ्जान व्यक्तिहरुककहाँ गए । उनले ती सबैलाई आफूले उनीहरुको बैंक खातामा पैसा राखिदिने अफर गरे ।

उनको कुरा सुनेर पहिले त उनीहरु अचम्ममा परे तर पछि राजी भए । एक उक गरेर चार्लटनले अरुको खातामा पैसा राखिदिँदै गए र आफू रित्तै भए । चार्लटनले भने ‘यति गरेपछि मलाई धेरै सहज महसुस भयो । मेरो मिशन अरुले मैले लट्री जितेको थाहा पाउनुभन्दा पहिल्यै पैसाबाट छुटकारा पाउनु थियो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *