रेष्टुरेन्टमा खाना खाएपछि बिल देख्दा सातो गयो, एउटै आइटमको मूल्य १ लाखभन्दा बढी !

डिसी नेपाल
१३ असोज २०७८ १५:३३

काठमाडौं। एक व्यक्तिलाई रेष्टुरेन्टमा खाना खानु निकै महंगो परेको छ । रेष्टुरेन्टको बिल देखेर ती व्यक्तिको सातो गएको छ । उनले यो बिललाई ट्वीटरमा शेयर गरेका छन् । उनका अनुसार त्यो रेष्टुरेन्टको डिनर यति महंगो थियो कि उनको पूरै बैंक ब्यालेन्स एक रातमै खर्च भयो । उनको यो बिल सामाजिक संजालमा निकै भाइरल भइरहेको छ र युजरहरुले यो बिलका विषयमा धेरै किसिमका कमेन्ट गरिरहेका छन् ।

डेली मिररको रिपोर्टअनुसार लण्डनको साल्ट बेस्थित नुसरत स्टेकहाउस रेस्टुरेन्टमा जमील अमीन नामका व्यक्ति डिनरको लागि गएका थिए । डिनरपछि उनलाई जुन बिल थमाइयो त्यसले जमिलको होस उडाइदियो । रेष्टुरेन्टमा जमीललाई झण्डै ३ लाख रुपैयाँ बराबरको बिल थमाइयो । बिलअनुसार त्यहाँ एउटै आइटमको मूल्य १ लाखभन्दा धेरै (६३० पाउण्ड) सम्म थियो । ४ वटा रेडबुलकै मूल्य ७ हजारभन्दा धेरै लिइएको थियो । यति मात्र होइन झण्डै ३८ हजार रुपैयाँ सर्भिस चार्ज पनि जोडिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *