आईपीओ निस्कासन तयारीमा रहेको इमर्जिङले बोलायो १२ कात्तिकमा साधारणसभा

डिसी नेपाल
१४ असोज २०७८ ११:२३

काठमाडौं । इमर्जिङ नेपालले आगामी १२ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले एभरेस्ट होटल नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ः३० बजे छैटौँ वार्षिक साधारण सभा आह्वान गरेको हो।

सभामा कम्पनीको रजिष्टार कार्यालयको ठेगाना परिवर्तन गर्ने, अन्य प्रस्तावहरुमा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा थपघट गर्ने लगायतको प्रस्ताव छ।

त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा छन्। इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणमा पाँच लाख ५५ हजार ६ सय कित्ता ससाधारण सेयर आईपीओ जारी गर्न गत असार १७ गते नै नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

बोर्डबाट सेयर जारी गर्न अनुमति पाएपछि मात्र उक्त कम्पनीको साधारण सेयर बिक्रीमा आउनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *