ट्याक्टर दुर्घटनामा एक महिलाको मृत्यु

डिसी नेपाल
१४ असोज २०७८ २३:२२

काठमाडौँ । स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा ४५ वर्षीया एक जना महिलाको मृत्यु भएको छ । आँधीखोला सेती दोभानमा बिहीबार साँझ रोकिराखेको ट्याक्टर एक्कासि गुड्दा माया विकको मृत्यु भएको हो ।

भारी बोकेर हिँडिरहेकी उनलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर आफै गुडेको वा चालकले दुर्घटना गराएर भागेको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रवक्ता एवं डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *