एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुल्यो, कहिलेसम्म भरिसक्नुपर्छ ?

डिसी नेपाल
१५ असोज २०७८ ९:१९

काठमाडौं।२०७८ मा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)मा समावेश हुनका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुलेको छ ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गरी ‘कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा बैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारका विद्यार्थीलाई आजबाट कात्तिक मसान्तभित्र आवेदन फाराम भर्नु भनेको हो ।

परीक्षा शुल्क पाँच सय रुपैयाँ तोकिएको छ ।परीक्षार्थीको फाराम १० मंसिरभित्र शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसक्नुपर्नेछ भने १५ पुसभित्र परीक्षा नियन्त्रण कार्यालयमा पेस गरिसक्नुपर्नेछ ।

   




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *