राष्ट्रपतिका सल्लाहकारमा कमल थापाका दाइ पूर्व जर्नेल नियुक्त

मदन कोइराला
१६ असोज २०७८ ९:५९

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना लागि दुई जना सल्लाहकार नियुक्ती गराएकी छन्। ती दुई जनामा एक जना राष्ट्रिय सुरक्षा हेर्ने गरी र अर्का जन सम्पर्क हेर्ने गरी नियुक्त भएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदको दुई साता अघिको बैठकले राष्ट्रपति भण्डारीको माग बमोजिम यी दुई सल्लाहकारहरुलाई नियुक्ती दिने निर्णय गरेको थियो।

राष्ट्रपति भण्डारीले आफ्ना महत्वपूर्ण सल्लाहकारका रुपमा कुनै नयाँ अनुहार भने ल्याएकी छैनन्। एक पटक नियुक्ती भएर खारिइसकेका व्यक्तिहरुले पुर्नर्नियुक्ती पाएका हुन्। यसरी पर्नुर्नियुक्ती पाउनेमा नेपाली सेनाका अवकाश प्राप्त रथी नेत्रबहादुर थापा र पत्रकार माधव शर्मा रहेका छन्।

यस पटक न एमाले सरकारमा छ, न एमाले र कमल थापकाबीचका गठबन्धन नै। तर, थापाका दाइ भने फेरि शक्तिशाली मानिएको राष्ट्रपतिको विज्ञ समूहभित्र सुरक्षाविज्ञका रुपमा नियुक्तको अवसर पाउनेमा परेका छन्।

माधव शर्मा वामपन्थी आन्दोलनमा लागेका एमाले निकट व्यक्ति हुन् भने जर्नेल थापा राप्रपा अध्यक्ष कमल थापाको सहोदर दाइ हुन्।
अघिल्लो कार्यकालमा जर्नेल थापा राप्रपा अध्यक्ष कमल थापाकै सिफारिसमा राष्ट्रपतिको सुरक्षा सल्लाहकार पदमा नियुक्त गराइएका थिए।

यस पटक न एमाले सरकारमा छ, न एमाले र कमल थापकाबीचका गठबन्धन नै। तर, थापाका दाइ भने फेरि शक्तिशाली मानिएको राष्ट्रपतिको विज्ञ समूहभित्र सुरक्षाविज्ञका रुपमा नियुक्तको अवसर पाउनेमा परेका छन्। राष्ट्रपति कार्यालयका उच्च स्रोतका अनुसार उनीहरु दुवैलाई असोज एक गतेदेखि लागू हुने गरी नै नियुक्ती दिइएको छ।

तर यी दुवै नियुक्तीलाई राष्ट्रपति कार्यालयले पनि सार्वजनिक गरेको छैन भने सरकारले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने बेलामा पनि यी निर्णय सार्वजनिक गरिएको छैन। किन गोप्य राख्नु परेको होला राष्ट्रपतिको नियुक्ती भन्ने विषय सैनिकवृत्तमा चर्चा चलेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *