१७५ यात्रु बोकेर उडिरहेको विमानमा चट्याङ पर्‍यो

डिसी नेपाल
१६ असोज २०७८ १३:३८

काठमाडौं। रुसमा एक यात्रुवाहक विमान १७५ जना यात्रु लिएर आकाशमा उडिरहेका बेला विमानमा चट्याङ परेको छ । चट्याङका कारण विमान डरलाग्दो तरिकाले हल्लियो । विमानभित्र रहेका यात्रुले विमानमा चट्याङ खसेको देखेका थिए त्यसैले उनीहरुलाई अब बच्न कठिन छ भन्ने लागेको थियो । घटना अजुर एयरलाइन्सको बोइङ १३७ विमानमा भएको हो । विमान तुफानमा फसेका बेला भयानक चट्याङ परेपछि फ्रि फल अर्थात तीब्र रुपमा तल खस्न थालेको थियो ।

विमान आकाशबाट फ्रि फल भएर तल खस्दै दक्षिण पश्चिमी रुसको ब्ल्याक सी रिसोर्टनजिकै पुगेको थियो । च्याङ पर्नुभन्दा पहिल्यै विमान तुफानमा फसेर सयौं फिट तल खसिसकेको थियो । त्यसपछि एक पर्यटकले विमानमा यात्रारत त्रसित यात्रुको अवस्था आफ्नो फोनमा कैद गरेका थिए । डेली मिररका अनुसार विमान एकातेरिनबर्गबाट उडेको थियो तर गम्भीर तुफान र चट्याङ परेपछि विमानलाई क्रास्नोडारमा आकस्मिक अवतरण गराइएको थियो ।

एक यात्रीले भने ‘यो निकै भयानक थियो ।’ अर्का एक यात्रुले आफूलाई अब जीवन अन्त्य हुने निश्चित भएको महसुस भएको बताउँदै आफूलाई विमान दुर्घटना हुन्छ भन्ने लागेको बताए । उनले भने ‘चट्याङको झट्काको कारण सामानहरु पूरै केबिनमा छरिएका थिए । यद्यपि चट्याङ परेपछि पनि पाइलटले चामत्कारिक रुपमा पुनः विमानलाई नियन्त्रणमा लिएका थिए । उनले निकै अविश्वसनीय आकस्मिक अवतरण गराएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *