शाहरुखका छोरा आर्यन हिरासतमा, केस दर्ता, रिया चक्रवर्तीका वकिलले केस लड्ने

डिसी नेपाल
१७ असोज २०७८ १२:४८

काठमाडौं। बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान ड्रग्स केसमा फसेका छन् । नारकोटिक्स कन्ट्रोल ब्युरोले शनिबार बेलुका मुम्बइमा एक लग्जरी क्रुज जहाजमा छापा मारेको थियो । यो क्रुज शिपमा ड्रग्स पार्टी चलिरहेको थियो । यहाँबाट एनसीबीले ८ जनालाई हिरासतमा लिएको थियो । यी ८ जनामध्ये शाहरुख खानका छोरा आर्यन पनि भएको पुष्टि भएको छ । यी आठैजनासँग सोधपुछ भइरहेको छ । एनसीबीले आठै जनाको नामको खुलासा गरेको छ ।

एनसीबी सूत्रले नवभारत टाइम्स अनलाइनलाई बताएअनुसार नारकोटिक्स कन्ट्रोल ब्युरोले शाहरुख खानका छोरा आर्यन खानविरुद्ध केस दर्ता गरेको छ । यद्यपि एनसीबीले आधिकारिक रुपमा यसको पुष्टि गर्न बाँकी छ । हिरासतमा लिएर सोधपुछ भइरहेका व्यक्तिहरुको नाम सार्वजनिक गरिएको छ । एनसीबीका जोनल डाइरेक्टर समीर वानखेडेले समाचार एजेन्सी एएनआइलाई बताएअनुसार ब्युरोको हिरासतमा आर्यन खान, अरबाज मर्चेन्छ, मुनमुन धमेचा, नुपुर सारिका, इश्मीत सिंह, मोहक जयसवाल, विक्रान्त छोकर र गोमित चोपडा छन् र उनीहरुसँग सोधपुछ भइरहेको छ ।

हिरासतमा लिइएका मध्ये अरबाज मर्चेन्ट अभिनेता हुन् । उनलाई आर्यनको साथी बताइएको छ । अरबाजले नै आर्यनलाई त्यो पार्टीमा लिएर गएको बताइएको छ । मोहक, नुपुर र गोमित दिल्लीका हुन् । मोहक र नुपुर फेशन डिजाइनर हुन् । नुपुर गोमितको साथमा मुम्बइ आएकी थिइन् । गोमित हेयर स्टाइलिस्ट हुन् । आर्यनको केस चर्चित वकिल सतीश मानेशिन्देले लड्ने भएका छन् । सतीश मानेशिन्दे एनसीबीको अफिस पुगिसकेका छन् । सुशान्त सिंह राजपुतको मृत्युपछिको ड्रग्स केसमा सतीशले नै रिया चक्रवर्ती र उनका भाइ शोभिकको केस लडेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *