ईपीएल लिगः बिराटनगरको काठमाडौं माथी सान्त्वना जीत

डिसी नेपाल
१७ असोज २०७८ १३:३८
60
Shares

काठमाडौं। काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गतको आजको पहिलो खेलमा करण केसीको कप्तानीमा रहेको बिराटनगर वारियर्सले यो संस्करणमा पहिलो जीत दर्ता गरेको छ।

वर्षातको कारण पिच ओसिलो भएको कारण ८ ओभरमा छोट्याईएको खेलमा काठमाडौं किंस–११ लाई ७ रनले पराजीत गरेको हो।काठमाडौंले टस जितेर बिराटनगरलाई सुरुवाती ब्याटिङको निम्तो दिएको थियो।

विराटनगरले दिएको १ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले निर्धारित ८ ओभरमा ३ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो। यो जीतसंगै बिराटनगरले प्रतियोगिताको सुखद अन्त्य गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *