‘सरकारलाई एलियनबारे सब थाहा छ, उनीहरुसँग नयाँ प्रविधि लिन्छ’

डिसी नेपाल
१७ असोज २०७८ १४:४१

काठमाडौं। विकसित मानिएका अमेरिकी र युरोपेली देशहरुमा एलियन अर्थात अर्कै ग्रहका प्राणीहरुबारे धेरै चर्चा चलिरहन्छ । यही बीचमा एक गायकले निकै सनसनीपूर्ण दावी गरेका छन् । ह्याप्पी मण्डे स्टार तथा गायक शन राइडरले एलियनका विषयमा कुरा गर्दै एलियनहरुले अनगिन्ती वर्षहरुदेखि मानव जातिलाई सहयोग गरिरहेको र सरकारहरुलाई यसबारे सबै थाहा भएको तथा सरकारहरुले यी एलियनबाट नयाँ प्रविधि हासिल गर्ने दावी गरेका छन् ।

उनले भने ‘स्टिफन हकिङजस्ता व्यक्तिहरुले भन्छन् कि अलौकिक व्यक्तिहरुसँग भेट्नु हाम्रो लागि घातक हुन सक्छ यो हास्यास्पद हो ।’ राइडरले १९७८ मा केवल १५ वर्षको उमेरमा आफूलाई जे अनुभव भयो त्यसले आफ्नो जीवनलाई बदलिदिएको बताएका छन् । शन राइडरले डेली स्टारसँग भने ‘म बस स्टपमा गइरहेको थिएँ र लगभग त्यही समय अर्को स्थानीय स्कुलका किशोर पनि सडकमा थिए । मलाई थाहा छैन हामीले माथि किन हेरेका थियौं तर त्यो प्रकाशको एक डल्लो थियो । म यो भन्न सक्दिन कि त्यो कति ठूलो थियो तर जे जति थाहा छ त्यसअनुसार त्यो जगुआर कारजति ठूलो थियो ।’

शनले आफूलाई यो प्रश्नको बारेमा शोध गर्नको लागि समर्पित गरिदिए कि जब मानिसहरु युएफओलाई देख्छन् त्यतिबेला उनीहरु वास्तवमा के देखिरहेका हुन्छन् । उनका अनुसार वर्षौंको अध्ययनपछि उनले केही विचारोत्तेजक निष्कर्ष निकालेका छन् । शन राइडर यो कुरामा आश्वस्त छन् कि एलियनहरु आज मात्र नियमित रुपमा हामीकहाँ आइरहेका होइनन् बरु उनीहरु भूतकालमा पनि आइरहेका थिए । उनका अनुसार हामी यी आगन्तुकको आनुवंशिक इन्जिनियरिङको नमूना हुन सक्छौं ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *