ड्रग्स पार्टीमा शाहरुखका छोरासँग अर्का ठूला अभिनेताकी छोरी थिइन्
काठमाडौं। मुम्बइ नजिक समुद्रमा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले अहिलेसम्मको सबैभन्दा ठूलो छापामार कारवाही गर्दै एक ठूला अभिनेताका छोरा समेत १३ जनालाई हिरासतमा लिएको छ । कार्डेलिया द इम्प्रेस नामको क्रुज शिपबाट समातिएका यीमध्ये ८ जनालाई औपचारिक रुपमा गिरफ्तार गरिएको छ । यो मामिलामा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनसँग पनि सोधपुछ भइरहेको छ ।
एनसीबी सूत्रलाई उद्धृत गर्दै भारतीय अखबार दैनिक भास्करले जनाएअनुसार क्रुजमा शाहरुखका छोरासँगै बलिउडमा प्रतिष्ठित अर्का ठूला अभिनेताकी छोरी पनि थिइन् । कुन अभिनेताकी छोरी को हुन् भन्ने विषयमा खुलाइएको छैन । उनलाई हिरासतमा लिइएको छ वा छैन भन्ने विषयमा पनि एनसीबीले कुनै जानकारी दिएको छैन । क्रुजको एक फोटो पनि सार्वजनिक भएको छ । फोटोमा आर्यन खान र उनका साथी अरबाज मर्चेन्टको साथमा एक युवती पनि छिन् ।
यी युवतीको केसमा संलग्नता थियो वा थिएन, उनी पार्टीमा सहभागी थिइन् वा थिइनन् भन्ने विषयमा प्रस्ट हुन नसकेकोले उनको पहिचान लुकाइएको छ । सूत्रका अनुसार क्रुजमा भइरहेको पार्टीमा गएकाहरुले आफ्नो पाइन्टको सिलाइमा, महिलाहरुले पर्सको ह्याण्डलमा, भित्री वस्त्रको सिलाइ गरिएको भागमा र कलरको सिलाइमा ड्रग्स लुकाएर लिएर गएका थिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment