फेसबुक, ह्वाट्स एप र इन्स्टाग्रामको सर्भिस डाउन

डिसी नेपाल
१८ असोज २०७८ २२:२५

काठमाडौं । फेसबुक ह्वाट्स एप र इन्स्टाग्राम विश्वभर सर्भिस डाउन भएका छन् ।

करिब साढे ९ बजेदेखि यी तीनवटा एपको सेवा रोकिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । फेसबुक डाउन भएसँगै मेसेन्जरले पनि काम गर्न छोडेको छ ।

के कारणले सर्भिस डाउन भएको अस्पष्ट छ । यद्यपी फेसबुकले सर्भिस डाउन हुने वित्तिकै प्राविधिक कारणले समस्या भएको र चाँडै समाधान हुने जनाएको छ ।

यस बर्ष जुन र अप्रिलमा, सामाजिक सञ्जाल बिशाल प्लेटफर्म अप्रत्याशित रूप मा एक ‘नेटवर्क कन्फिगरेसन मुद्दाू’ को कारण सर्भिस डाउन भएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *