बलिउड अभिनेत्री यामी गौतमलाई निको नहुने छालाको रोग !

डिसी नेपाल
१९ असोज २०७८ १४:११

काठमाडौं। बलिउड अभिनेत्री यामी गौतम गत महिना रिलिज भएको आफ्नो फिल्म भूत पुलिसका कारण चर्चामा छिन् । यो फिल्ममा उनको साथमा सैफ अली खान, अर्जुन कपूर र ज्याकलिन फर्नान्डिज मुख्य भूमिकामा देखिएका छन् । यही बीचमा यामीले आफ्नो बारेमा सनसनीपूर्ण खुलासा गरेकी छिन् । कुनै समय फेयर एण्ड लभ्ली नामको एक फेयरनेस क्रिमको विज्ञापनमा काम गरेर प्रसिद्धि कमाएकी यामीलाई खासमा छालासम्बन्धी रोग छ र यो रोग कहिल्यै निको हुँदैन ।

यामीले सामाजिक संजालमा पोस्ट गर्दै आफ्नो छालाको रोगबारे बताएकी हुन् । उनका अनुसार उनी कहिल्यै निको नहुने छालाको रोग ‘केराटोसिस पिलारिस’बाट पीडित छिन् । यामीले आफ्नो पछिल्लो फोटोसुटका फोटो पोस्ट गर्दै आफूले हालै आफ्ना केही फोटो खिचाएको र यी फोटोलाई उनको छालाको समस्या ‘केराटोसिस पिलारिस’ लुकाउनका लागि पोस्ट प्रोडक्सनमा पठाउनुभन्दा पहिल्यै आफूले पोस्ट गरेको बताएकी छिन् । उनका अनुसार यो छालाको समस्या हुँदा छालामा साना साना दानाहरु आउँछन् ।

 

View this post on Instagram

 

A post shared by Yami Gautam Dhar (@yamigautam)

उनका अनुसार उनलाई यो समस्या किशोर अवस्थामा सुरु भएको हो र अहिलेसम्म यसको कुनै उपचार छैन । उनले यो समस्या वर्षौंदेखि भोगिरहेको बताउँदै अहिले आफूभित्रको डर र असुरक्षाको भावनालाई हटाउँदै आफ्नो कमीलाई स्वीकार गर्ने हिम्मत जुटाएको बताएकी छिन् । यामीको यो हिम्मतका कारण फ्यान र सेलिब्रेटीहरु उनको प्रशंशा गरिरहेका छन् । यामीलाई भएको समस्यामा छालामा मसिना दाना आउँछन् र छाला खस्रो देखिन्छ । यामीले शेयर गरेका फोटोहरुमा पनि उनको अनुहारमा दानाहरु स्पष्ट देखिन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *