कसिलो जिन्स शर्टका कारण युवतीको झण्डै ज्यान गएन, आइसीयुमा भर्ना

डिसी नेपाल
२० असोज २०७८ १४:५६

काठमाडौं। एक २५ वर्षकी युवतीले कसिलो जिन्स शर्टका कारण आफू कसरी समस्यामा परिन् भन्ने बताएकी छिन् । धेरै कसिलो डेनिम शर्ट लगाएका कारण ती युवतीलाई निकै खतरनाक स.क्रमण भएको थियो । उनको अवस्था यतिसम्म गम्भीर भइसकेको थियो कि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । अस्पतालमा पनि उनलाई आइसीयुमा सार्नुपरेको थियो ।

यी अमेरिकी युवतीले सामाजिक संजालमार्फत आफ्नो समस्याबारे बताएकी छिन् । डेलीमेलको रिपोर्टअनुसार यी युवतीको नाम साम हो । उनी नर्थ क्यारोलिनामा बस्छिन् । उनले आफ्नो टिकटकमा भिडियो शेयर गरेकी छिन् । उनले शेयर गरेको भिडियो ८० लाखभन्दा धेरै हेरिएको छ । यो भिडियोमा उनले कसरी कसिलो जिन्स शर्टका कारण उनलाई घातक छालाको संक्रमण भयो भन्ने बताएकी छिन् ।

सामका अनुसार उनी ३ वर्ष पहिले ब्वायफ्रेण्डसँग डेटमा गएकी थिइन् । यस क्रममा उनले ब्वायफ्रेण्डको इच्छाअनुसार जिन्स शर्ट लगाएकी थिइन् । उनले यो शर्ट लगातार ८ घण्टासम्म लगाइन् तर जब घर फर्किइन् त्यसपछि कम्मरमुनि दुखाइ महसुस हुन थाल्यो । केही समयपछि साम डाक्टरकहाँ गइन् । त्यहाँ उनले आफ्नो कम्मरनजिकै खतरनाक छालाको संक्रमण भएको थाहा पाइन् ।

सुरुमा उनलाई अस्पतालको वार्डमा भर्ना गरियो । तर, जब उनको अवस्थामा सुधार भएन त्यसपछि उनलाई आइसीयुमा सारियो । उनलाई एक हप्तासम्म आइसीयुमा राखियो । डाक्टरका अनुसार उनलाई सेप्सिस र सेलुलिटिस भएको थियो । यस क्रममा अस्पतालमा उनले पटक पटक कपडा खोलेर डाक्टरलाई देखाउनु पर्थ्यो जुन निकै खराब अनुभव थियो । यद्यपि उनी अन्ततः मृत्युको मुखबाट बाहिर आइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *