को हुन् आर्यन खानका वकिल सतीश ? जसले सलमान खान, संजय दत्तदेखि रिया चक्रवर्तीलाई बचाए

डिसी नेपाल
२० असोज २०७८ १५:५७

काठमाडौं। बलिउडमा जब ठूलो कानुनी विवाद हुन्छ त्यसपछि सतीश मानशिंदेको नाम निकै सुनिन्छ । यी बरिष्ठ वकिल बलिउडका लागि अन्जान होइनन् । केही हाइप्रोफाइल केस सम्हाल्ने काममा उनले पाएको सफलतापछि उनी कैयौं प्रसिद्ध हस्तिहरुका वकिल बनेका छन् । अहिले सतीशले शाहरुख खानका छोरा आर्यन खानको पक्षबाट केस लडिरहेका छन् ।

आर्यन खानको अहिलेको केस मात्र नभइ रिया चक्रवर्तीको ड्रग्स केस, सलमान खानले मदिरा पिएर गाडी चलाएको केस, संजय दत्तको बाम्बे बम विष्फोट केस लगायतका हाइपेफाइल केसमा सतीशले प्रतिनिधित्व गरेका छन् । उनले अदालतमा यी सबैको बचाउ गरे । मिडिया रिपोर्टका अनुसार सतीश सबैभन्दा महंगा वकिल हुन् । उनी एक दिनको १५ देखि २० लाख रुपैयाँ लिन्छन् । सतीशले आफ्नो करिअरको सुरुवात १९९३ मा भारतकै प्रसिद्ध वकिल राम जेठमलानीको साथमा गरेका थिए ।

सतीश मानशिंदे २००२ मा सलमान खानको नशामा गाडी चलाएको मामिलाका कारण चर्चामा आएका थिए । उनले यो मामिलामा सलमान खानको सफलतापूर्वक बचाउ गर्दै सलमानको लागि जमानत हासिल गरेका थिए । पछि अदालतले सलमानलाई बरी गरिदियो । यतिमात्र होइन सतीशले १९९८ को कुख्यात कालो हरिण केसमा पनि सलमानको बचाउ गरेका थिए ।

गत वर्ष पनि मानशिंदे निकै चर्चामा आएका थिए जब उनले दिवंगत अभिनेता सुशान्त सिंह राजपुतका पिताले आपराधिक षड्यन्त्र र कथित रुपमा पैसाको अपचलनका लागि रिया चक्रवर्तीविरुद्ध केस दर्ता गरेका थिए । त्यतिबेला सतीशले रिया र उनका भाइ शोभिकको तर्फबाट केस लडेका थिए । सतीशले यो मामिलामा दुवैलाई जमानत दिलाउन सफल भएका थिए ।

१९९३ मा उनले बाम्बे बम विष्फोट केसमा संजय दत्तको प्रतिनिधित्व गरेका थिए । उनी २००७ आर्म्स एक्ट मामिलामा पनि संजयको बचाउ गर्ने कानुनी टिमका वकिलमध्ये एक थिए । त्यतिबेला पनि उनी संजय दत्तको लागि जमानत हासिल गर्न सफल रहे । भलै संजयले निकै गम्भीर आरोपको सामना गर्नु परेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *