आर्यनलाई आज जसरी पनि जेल पठाउने उनकै वकिलको प्रयास, भोलि आमा गौरीको जन्मदिन

डिसी नेपाल
२१ असोज २०७८ १५:०८

काठमाडौं। ड्रग्स केसमा शाहरुख खानका छोरा आर्यन खानको सुनुवाइ आज मुम्बइको मेट्रोपोलिटन कोर्टमा हुँदैछ । तर, आज पनि आर्यन छुट्ने सम्भावना भने अत्यन्तै न्यून छ । एनसीबीले सोधपुछको लागि कस्टडी बढाउने माग गर्नेछ किनकि यो मामिलामा हालै एक विदेशी नागरिकलाई पनि गिरफ्तार गरिएको छ जसबाट यो ट्रग्स गिरोहमा अन्तर्राष्ट्रिय कनेक्सनको कुरा अझै बलियो भएको छ । त्यसैले एनसीबीले सोधपुछको लाथि थप समय माग्नेछ ।

रोचक त के भने आर्यन खानका वकिलले नै आज आर्यनलाई जसरी पनि जेल पठाउने आदेश अदालतबाट आओस् भन्ने प्रयास गर्नेछन् । किनकि मेट्रोपोलिटन कोर्ट विशेष अदालत हो र एनडिपीएस एक्ट अन्तर्गत गिरफ्तार आरोपीलाई जमानत दिने अधिकार यो अदालतसँग छैन । यस्तोमा आर्यनका वकिल सतीश मानशिंदेको प्रयास यही हुनेछ कि अदालतले आर्यनको रिमाण्ड अन्त्य गरेर जेल पठाउने आदेश जारी गरोस् ताकि शुक्रबार उच्च अदालतमा जमानतको अपिल गर्न सकियोस् ।

बिहीबार आर्यनलाई मेडिकल परीक्षणको लागि लगियो । आज यो मामिलामा लामो बहस हुन सक्ने अनुमान गरिएको छ । एनसीबी पछिल्लो समय प्राप्त नयाँ प्रमाणहरु र नयाँ गिरफ्तारीको आधारमा आर्यनको रिमाण्ड बढाउने प्रयास गर्नेछ ।

यसैबीच भोलि शुक्रबार आर्यनकी आमा गौरीको ५० औं जन्मदिन हो । आर्यन गिरफ्तार हुनुभन्दा पहिले गौरीको जन्मदिन भव्य रुपमा मनाउने तयारी थियो । मन्नतमा ठूलो पार्टी आयोजना गर्ने पनि तयारी थियो तर आर्यनको गिरफ्तारीपछि सबै कार्यक्रम रद्द गरिएको छ । यदि आज आर्यनको रिमाण्ड बढेन र भोलि आर्यनलाई जमानत दिइयो भने गौरीका लागि यो सबैभन्दा ठूलो जन्मदिनको उपहार हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *