९ जना बिचौलिया प्रहरीको फन्दामा

डिसी नेपाल
२१ असोज २०७८ १८:२०
76
Shares

काठमाडौं । काठमाडौँ बाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोज्ने नौ विचौलियालाई आज ट्राफिक प्रहरीको फन्दामा परेका छन् ।

तोकिएको टिकट काउण्टरमा परिचयपत्र बहाकहरुले मात्र टिकट काट्ने व्यवस्था भए पनि अनाधिकृत व्यक्तिले विचौलिया बनेर यात्रुसँग मोलमोलाई गरि तोकिएको भन्दा बढी भाडा लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

विभिन्न टिकट काउण्टरमा आबद्ध भई बिना परिचयपत्र बसपार्क आसपास यात्रुलाई टिकट काटिदिन्छु भनी मोलमोलाई गर्ने भरतपुर चितवनका ३८ बर्षका समिर श्रेष्ठ, धनकुटाका ३० बर्षिय किरण लिम्बु र सुनसारीका २८ बर्षे सविन राई पक्राउ परेका हुन् ।

त्यस्तै टिकट काउण्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ्ग गर्ने काठमाडौं बस्ने बर्ष ४६ का राज ठकुरी, दाङ घोराहीका २९ बर्षे बिशाल गुरुङ्ग र कैलालीका २९ बर्षे रमेश कठायत गंगबुबाट पक्राउ परेका हुन् । उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ ।

त्यसैगरी काठमाडौंको कलंकीबाट बर्ष ३९ को नवीन केसी र बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई कीर्तिपुर बस्ने नारायणी काउण्टरका बर्ष ३७ को बिनोद रानालाईसमेत पक्राउ गरी कारबाहीको लागि प्रहरी वृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *