१० हजार ६८८परीक्षण गर्दा ७६४ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

डिसी नेपाल
२२ असोज २०७८ १६:३८
116
Shares

काठमाडौं । गत २४ घण्टामा नेपालमा १० हजार ६८८ जनाको परीक्षण गर्दा ७६४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ३३ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ४६६ पीसीआर परीक्षण गर्दा ७१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै१ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा १० जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार शुक्रबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ जना रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *