सवारी दुर्घटना कम गर्न ट्राफिकका सामाग्री हस्तान्तरण
तनहुँ । व्यासनगरपालिकाले शुक्रबार जिल्ला ट्राफिक कार्यलयलाई ३७ थान ट्राफिक व्यवस्थापनका सामग्री हस्तान्तरण गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले जिल्ला प्रहरी कार्यालयका प्रमुख दिनेशराज मैनालीलाई सवारी दुर्घटना कम गर्न सहयोग पुर्याउने सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
पार्किङ निषेधित क्षेत्र २५, सावारी साधन प्रवेश निषेध पाँच, गति सीमित तीन, सम्भावित सवारी दुर्घटना क्षेत्र एक, बिद्यालय क्षेत्रमा गति सीमित एक, सवारी साधन बिसौनी एक, हेभी गाडी पार्किङ एक लेखिएका सामग्री हस्तान्तरण गरिएको हो ।
दमौली बजार क्षेत्रलाई लक्षित पहिलो चरणमा ट्राफिक व्यवस्थापनका सामग्री सहयोग सहयोगस्वरुप उपलब्ध गराइएको उनले बताए । प्रहरी उपरीक्षक मैनालीले यस्ता सचेतनामूलक बोर्डले सवारी दुर्घटनामा न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा गरे । रासस







डिसी नेपाल







Facebook Comment