महोत्तरीमा सहिद परिवारका घरमा धनमाल लुटपाट

डिसी नेपाल
२३ असोज २०७८ १७:५२
20
Shares

काठमाडौं । आज बिहान डाँकाको एक समूहले सहिद परिवारको घरबाट लाखौँको धनमाल लुटेका छन्।

आज बिहान अन्दाजी ३ बजे चार-पाँच जनाको समूहमा आएका डाँकाले सहिद गणेशप्रसाद चौधरीको छोरा र शहीद रोहन चौधरीको काका विजय चौधरीको घरबाट १० तोला सुनको गहना र रू २५ हजार लुटेका हुन् ।

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार धारिलो हतियारसहित मास्क लगाएर आएका डाँकाले घरमूली विजय चौधरी बिरामी भएर काठमाडौँमा उपचाररत रहेको मौका छोपी घरभित्र पसेर छोरा रोशन चौधरीलाई नियन्त्रण लिइ लुटपाट गरी भागेका थिए ।

लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा डाँकाले रोशनलाई टाउकामा हतियारले हिर्काएर घाइते बनाएका थिए । जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा उनको टाउकोमा ११ वटा टाँका लगाइएकोे र थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *