हेलिकोप्टरमार्फत घाइतेको उद्धार

डिसी नेपाल
२३ असोज २०७८ २०:३४

काठमाडौं । शुक्रबार भिरबाट लडेर घाइते भएका युवकलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत आज उद्धार गरिएको छ ।

बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका २ का ४० वर्षीय नरेन्द्र बुढाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बुढा शुक्रबार भिरबाट लडेर घाइते भएर अवस्था गम्भीर भएपछि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले खर्च व्यहोर्ने गरी सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

प्रशासनको समन्वय र मन्त्रालयको सहयोगमा घाइते भएका बुढाको उद्धार गरिएको प्रजिअ अधिकारीको भनाइ छ । उद्धार गरिएका बुढाको थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *