१७ वर्षकी छोरीले बच्चा पाइन्, आमाले कान्छी हजुरआमाको रेकर्ड बनाइन्

डिसी नेपाल
२४ असोज २०७८ १६:३१

काठमाडौं। बेलायतमा एक महिला ३३ वर्षको उमेरमा हजुरआमा बनेकी छिन् । उनकी १७ वर्षकी छोरीले गत हप्ता छोरीलाई जन्म दिएकी छिन् । जेम्मा स्किनर नामकी महिलाकी १७ वर्षकी छोरीले बच्चा जन्माएपछि अस्पतालमा सबैले उनलाई बच्चीकी सानीमा सम्झिएका थिए ।

बकिंघमशायरको एमर्समकी महिलाका अनुसार उनलाई अहिले नातिनीलाई लिएर बाहिर घुम्न निकै मजा आइरहेको छ किनकि बाहिर देख्नेहरुले उनलाई बच्चीकी हजुरआमा नभइ आमा सम्झिन्छन् । महिलाका अनुसार अहिले बच्चा जन्माउने १७ वर्षकी छोरीसहित उनका तीन छोरी छन् । कान्छी छोरी केवल ४ वर्षकी छिन् ।

महिलाले बेलायती अखबार द सनसँग कुरा गर्दै मानिसहरुले आफूलाई बच्चीकी आमा भन्ने तर आफूलाई बच्चीकी हजुरआमा भन्दा मानिसहरु अचम्ममा पर्ने गरेको बताइन् । स्किनरले २००४ मा जेठी छोरी मेजीलाई जन्माएकी थिइन् । त्यतिबेला स्किनर आफैं १६ वर्षकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *