लगातार दोस्रो जीतसँगै माल्दिभ्स दोस्रो स्थानमा उक्लियो

डिसी नेपाल
२४ असोज २०७८ १९:५७

काठमाडौं । घरेलु टोली माल्दिभ्स लगातार दोस्रो जीत निकाल्दै साफ च्याम्पियनसिप फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

आइतबार साँझ मालेस्थित राष्ट्रिय रंगशालामा माल्दिभ्सले श्रीलंकालाई १-० गोल अन्तरले हराउँदै दोस्रो जीत निकाल्दा दोस्रो स्थानमा उक्लिएको हो ।

माल्दिभ्सको जीतमा अनुभवी खेलाडी अलि अस्फाकले खेलको छैटौँ मिनेटमा निर्णायक गोल गरे । माल्दिभ्सले तीन खेलमा ६ अंक जोडेको छ । माल्दिभ्सले फाइनलमा स्थान बनाउने संभावनासमेत बलियो बनाएको छ ।

श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ । पुछारको श्रीलंकाले चार खेलमा १ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *