१० हजार घूससहित वडाध्यक्ष महतो पक्राउ

डिसी नेपाल
२४ असोज २०७८ २०:१९
40
Shares

काठमाडौं । १० हजार घुससहित मटिहानी नगरपालिकाका वडा अध्यक्ष आज (आइतबार) पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रामबहादुर महतोलाई पक्राउ गरेको हो।

जन्मदर्ताको सिफारिसका लागि घुस मागेको सेवाग्राहीको सूचनाको आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनीसहित उक्त वडाका सहायक कम्प्युटर अपरेटर अब्दुल राइनलाई वडा कार्यालयबाटै पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *