चरेस कारोबार गर्ने ७ पक्राउ

डिसी नेपाल
२४ असोज २०७८ २०:५६

काठमाडौँ । नेपालबाट हङकङमा अवैध लागुऔषध चरेसको कारोबार गर्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट ७ केजी ९ सय ७७ ग्राम अवैध लागुऔषध चरेस बरामद भएको ब्युरोका प्रवक्ता (एसपी) जीवन श्रेष्ठले बताए ।

पक्राउ पर्नेमा पर्सा घर भएका दिनदयाल महतो उराव, दीपेन्द्र महतो, मकवानपुरका रवि मोक्तान, मोरङ उर्लाबारीका अन्जित थापा, सिन्धुपाल्चोक घर भएका सुजन श्रेष्ठ, जालिन्द्र श्रेष्ठ उर्फ सागर र धादिङ थाक्रे गाउँपालिका घर भएका मोतिलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

असोज १६ गते रविलाई चरेस उपलब्ध गराउने मोतीलाललाई समेत २ ग्राम ५ सय मिलिग्राम चरेससहित पक्राउ गरिएको छ। उनले धादिङ लगायत विभिन्न स्थानबाट लागूऔषध चरेस संकलन गरी उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरूले नेपालबाट विभिन्न हस्तकलाका सामानहरूमा चरेस लुकाई कार्गोबाट हङकङ पठाउने गरेको पाइएको छ।

पक्राउ परेका विरुद्ध लागुऔषध सम्बन्धी कसूरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *