भारतविरुद्ध सुरुवाती एघार सार्वजनिक, मनिषलाई अग्रपंक्तीको जिम्मा

डिसी नेपाल
२४ असोज २०७८ २१:०७

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलअन्तर्गत तेस्रो खेलमा भारतविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती एघार सार्वजनिक भएको छ ।

आइतबार साँझ मालेस्थित राष्ट्रिय रंगशालामा भारतविरुद्ध हुने खेलका लागी मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मनिष डांगीलाई अग्रपंक्तिमा स्थान दिँदै सुरुवाती एघार सार्वजनिक गरेका हुन् ।

भारतविरुद्ध नेपाली टोलीको कप्तानी गोलरक्षक किरण कुमार लिम्बुले समाल्ने छन् । यस्तै डिफेन्समा गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी र सुमन अर्याल हुनेछन् ।

यस्तै मिड लाइनमा तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, रहनेछन् । यता एक्ला स्ट्राइकर मनिष डांगीलाई सुजल श्रेष्ठ र सुमन लामाले सहयोग गर्नेछन् ।

यसअघि उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध निर्णायक गोल गरेका मनिषलाई प्रशिक्षक अब्दुल्लाहले स्ट्राइकरको भूमिका दिएका हुन् ।

भारतविरुद्ध नेपालले रक्षात्मक खेल खेल्दै काउण्टरमा ध्यान दिनेछ ।

यसअघि आजनै भएको पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै आयोजक माल्दिभ्स दोस्रो स्थानमा उक्लिएको छ । ४ खेलबाट १ अंक जोडेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाली टोलीः

गोलरक्षकः किरण कुमार लिम्बू

डिफेण्डरः गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल

मिडफिल्डरः रोहित चन्द, तेज तामाङ, पुजन उपरकोटी

स्ट्राइकरः सुजल श्रेष्ठ, मनिष डांगी, सुमन लामा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *