वालिङमा जीप दुर्घटनाः २ को मृत्यु, १७ घाइते

डिसी नेपाल
२४ असोज २०७८ २१:५६

काठमाडौं । वालिङ नगरपालिकामा ग १ ज ४९१८ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ घाइते भएका छन्।

दुर्घटनामा परी मृत्यु हुनेमा गल्याङ नगरपालिका १० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गंगा पल्ली हुन् । प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार घाइते दुईको वालिङको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हुन् । घाइते मध्ये १४ जना यात्रु र जीप चालकको अवस्था सामान्य रहेको अधिकारीले जानकारी दिए। उकालोमा ब्रेक फेल भएर जीप झन्डै एक सय मिटर तल झरेको प्रहरीले जनाएको छ ।

वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्बरको जीप वालिङ १० मदी खोलामा दुर्घटनामा परेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *