आत्महत्या गरेको डोरी करोडौँमा बिक्री हुने अन्धविश्वासका कारण तीन जना पुगे जेलको बास

डिसी नेपाल
२४ असोज २०७८ २२:०९

काठमाडौं । अन्धविश्वासले अपराध मात्रै चिताएनन्, अन्नतः तीन जनालाई जेलकै बास बनायो । कोही कसैले आत्महत्या गरेको डोरी भेटिए र वा त्यसलाई बेच्न सकिए करोडौमा विक्री हुने अन्धविश्वासका कारण एक महिलाको हत्या भयो जुन हत्याले तीन जनालाई जेलको बास बनाएको छ ।

उनीहरुमा आत्महत्या गर्ने बेलामा घाटीमा पासो लगाउने डोरी हत्तपत्त नभेटिने र भेटिएपनि त्यो ऐनामा देखाउदा नदेखिने भएकाले पनि करोडौँ रुपैयाँ आउने विश्वास भएपछि डोरी बेचेरै पैसा कमाउन सकिने संभावना देखिएको अन्धविश्वासमा पर्दा ललितपुरमा एक महिलाको हत्या भयो । महानगरीय अपराध महाशाखाले भदौ २५ गते बिहान भएको उक्त हत्याकाण्डमा संलग्न तीनजनालाई असोज २१ र २२ गते पक्राउ गर्यो । पक्राउपछि उनीहरुले घाँटीमा पासो लगाएर ती महिलाको हत्या गरेको र त्यही डोरी बेच्न ग्राहक पनि खोजिरहेका थिए ।

ललितपुरको सुनाकोठीमा कृषि र ज्याला मजदुरी गरेर एक्लै बस्दै आएकी कमला तामाङको अन्धविश्वासकै कारण अनाहकमा ज्यान गयो । भदौ २५ गते बिहान ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्दै आएकी नुवाकोटको बेलकोट गढी नगरपालिका–९ स्थायी घर भएकी ४५ वर्षीया कमलाको हत्या घाँटीमा पासो लगाएर गरिएको थियो । प्रकरणमा संलग्न तीन अभियुक्तलाई प्रहरीले सार्वजनिक छ । सो हत्यामा संलग्न सुमन मगर ललितपुरबाटै पक्राउ परे ।

उनीसँगै हत्यामा संलग्न सविन प्रजा र प्रविना प्रजालाई प्रहरीले मकवानपुरको मनहरीबाट पक्राउ गर्यो । प्रहरीका अनुसार उनीहरु तीनैजनाले अन्धविश्वासमा परेर कमलाको हत्या गर्ने योजना मात्रै बनाएनन, हत्या नै गरिदिए । हत्यामा संलग्नमध्ये सविनले मान्छे मर्न वा मार्न प्रयोग भएको डोरी, राम–लक्ष्मण र हनुमानको तस्विर अंकित पुरानो सिक्का, दाहिने शंख, चट्याङ परेको ढुंगा लगायत करोडौँ रुपैयाँमा विक्री हुने कुरा सुनेपछि उक्त हत्या योजना बनाएका थिए ।

चापागाउँमा बस्दै आएका सविनले उक्त कुरा साथी सुमन मगरलाई सुनाएपछि कमलाको हत्या योजना बनेको थियो । समुन मगर कमलाबीच पुरानो चिनजान भएको र सोही चिनजानको आधारमा सविन, सुमन र प्रविना बसेर हत्या योजना बनाएका थिए ।

‘मृतक कमला र सुमन मगरबीच पुरानो परिचय रहेछ मृतकको टहरामा उनी आउने जाने गर्ने गरेको भेटियो केही दिन मादक पदार्थ र खानपिन पनि सँगै गर्ने गरेको आधारमा उनीहरुबीच विश्वास बढ्दै गएपछि हत्या गर्न सहज भएको देखियो’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङले बताए । उनका अनुसार हत्यामा तीनैजनाको प्रत्यक्ष संलग्नता थियो ।

सुमनले कमलाको दुवै हात र गोडा उनकै सलले बाँधी आफूसँगै गएका सविन प्रजालाई डोरी घाँटीमा हाली कस्न लगाई हत्या गरेका थिए । ‘कमलाको मृत्यु भएको थाहा भएपछि कानको गहना र मोबाइल लिई सविन हिडेका थिए’, एसएसपी खापुङले भने । कमलाको शव कोठैमा छाडेपछि उनीहरुले उनको मोबाइल फोन लगेर सिम बाटैमा फ्याकेका थिए ।

प्रहरीका अनुसार उनीहरुले कमलालाई घाटीमा पासो लगान प्रयोग गरिएको डोरीलाई धुप बत्तीसमेत प्रयोग गरी पूजा गरेका थिए । ‘ऐनामा हेर्दा डोरी नै देखिएपछि काम नलाग्ने भनी कुलोमा फ्याँकेर बगाइदिएका रहेछन्। त्यसपछि मोबाइल र गहनासमेत नक्कली भएको भन्दै कुलोमा बगाइदिएका थिए’, एसएसपी खापुङले भने । महाशाखाले अभियुक्त तीन जनालाई थप अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ पठाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *