भैंसी चोरेको आरोपमा पक्राउ परेका युवाद्वारा प्रहरी हिरासतमै आत्महत्या

डिसी नेपाल
२५ असोज २०७८ १०:०३

काठमाडौं । भैंसी चोरेको आरोपमा प्रहरीले हिरासतमा लिएको एक युवकले आत्महत्या गरेका छन्।  कैलालीको टीकापुरमा प्रहरीको हिरासत भित्र सुर्खेत चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षका धनबहादुर राना मगर मृत अवस्थामा फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाका अनुसार उनी हिरासत भित्रै रहेको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए।

डिएसपी सापकोटाका अनुसार उनी सोमबार बिहान ६ बजेतिर शौचालय गएकोमा त्यही गन्जीको भित्री बस्त्रले घाटीमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए।

शौचालय भित्र गएका राना मगर लामो समयसम्म बाहिर नआएपछि हिरासतमा रहेका अन्य व्यक्तिहरुले प्रहरीलाई खबर गरेको डिएसपी सापकोटाले बताए। हिरासत भित्र थप पाँच जना समेत रहेका छन्।

उनका अनुसार शौचालयको ढोका फोडेर हेर्दा राना मगर आफ्नो गन्जी (भित्री वस्त्र) को पासो लगाएर भेन्टिलेसनमा झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीका अनुसार मृतक राना मगर भैंसी चोरेको आरोपमा आइतबार मात्रै पक्राउ परेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *