दसैँको अष्टमीको दिन थारु समुदाय ढिक्री पूजा गर्दै

डिसी नेपाल
२७ असोज २०७८ २१:३४

कञ्चनपुर । कञ्चनपुरका थारु समुदाय देउता जगाउनका लागि अष्टमीका दिन ढिक्री पूज्ने कार्यमा सङ्लग्न भएका छन् । घरका मूली महिला र पुरुषले दिनभर व्रत बसी ढिक्री पूज्ने कार्य गर्दै आएका छन् । देउतालाई नुहाई नयाँ दियो बालेर गोलो ढिक्री, बाबरी, जमरा, मदिरा र जल चढाएर पूजा कार्यमा सङ्लग्न भएको शुक्लाफाँँटा नगरपालिका–३ का सुमन चौधरीले बताए ।

“कुभिण्डोको भेडाको प्रतिमा स्थापना गरी पूजा गर्ने चलन पनि छ” उनले भने, “पूजा गरेपछि बर्तालुले भोजन ग्रहण गरेपछि रातभर नाचगान गरी देउता जगाउने गरिन्छ । जसलाई भेडुवा जगैना भन्ने गरिन्छ ।”

रातभर जाग्नु पर्ने भएकाले नाचगान गरी रमाइलो गरिन्छ । बूढापाकाहरुले पुराना गीत गाउने र युवा युवतीले सखियालगायतका नृत्यमा नाच्ने गर्दछन । अष्टमीको राति नाचगान गरी नाच्नेले दसैँक दिन पहुरा (कोसेली) सहित बडघरको घरमा टीका थाप्ने चलन रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *