एचके नाइट २०२१ को तयारी पूरा, नेपाली गीतले बेलायत गुञ्जिने

डिसी नेपाल
२८ असोज २०७८ १०:०९

लन्डन । कोभिड महामारीका कारण बेलायतमा लामो समयदेखि हुन नसकेको नेपाली कलाकारको सांगीतिक कार्यक्रम आगामी महिनादेखि शुरु हुने भएको छ।

नेपालका चर्चित गायकको प्रस्तुतिमा आगामी १२ नोभेम्बरको साँझ अल्डरसटमा एचके नाइट २०२१ को तयारी गरिएको छ।

एचके युथ नेप्लिज एशोसिएसनको आयोजना रहने उक्त इभेन्टमा लोकप्रिय गायक राजु लामा, सञ्जिव प्रधान र आइएम गोलेको विशेष प्रस्तुति रहने छ। त्यस अवसरमा बेलायतस्थित दाजुभाई ब्याण्ड र सिक्का ब्याण्डले पनि प्रस्तुति दिनेछन्। एम्पायर हलमा हुने कार्यक्रम सकिएपछि अल्डरसटकै प्यालेसमा तय आफ्टर पार्टीमा डिजे एसकाजीले नचाउने छन्।

कार्यक्रमको सञ्चालन बेलायतका दुई नेपाली सुन्दरीले गर्नेछन्। मिस इंग्ल्याण्डकी सेकेण्ड रनर अप प्रतिष्ठा राउत र मिस यूके नेपाल २०१७ सिर्जना गुरुङ कार्यक्रमका होस्ट रहने छन्।

कार्यक्रमको आयोजक एचके युथ नेप्लिज एशोसिएसनका सुबास गुरुङकाअनुसार बेलुका सात बजेबाट मध्यरातसम्म कन्सर्ट चल्नेछ। त्यसपछि शुरु हुने आफ्टर पार्टी विहान तीन बजे सकिने छ।

कार्यक्रम हेर्न अग्रीम टिकट लिँदा २५ र कार्यक्रमकै दिन गेटमा लिँदा ३० पाउण्ड लिइनेछ।

कार्यक्रमको प्रमुख प्रायोजक वाटरमेलन मोर्गेजेज छ। हरेक टिकटमा वाटरमेलन मोर्गेजेजको सेवामा २५ प्रतिशत छुट समावेश रहने बताइएको छ। त्यस्तै, टिकट प्रायोजक मम स्टेसनमा पनि १० प्रतिशत छुट उपलब्ध हुनेछ।

कार्यक्रमलाई बेलायतस्थित दर्जनौं व्यवसाय, व्यवसायी तथा एनआरएनए अभियन्ताले प्रायोजन तथा सहप्रायोजन गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *