गुडिरहेको बसमा ढुंगा खस्दा एकजना घाइते

डिसी नेपाल
२८ असोज २०७८ १९:१७

बैतडी । बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एकजना घाइते भएका छन् । घाइते हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिका १४ की २० वर्षीया विमला भट्ट रहेकी छन् । घाइते भट्टको टाउकोमा चोट लागेको छ । उनको खोड्पे स्वास्थ्य चौकीमा प्राथमिक उपचार गराई महेन्द्रनगर पठाइएको प्रहरीले जनाएको छ ।

बैतडीबाट महेन्द्रनगर जाँदै गरेको ना ६ ख ९६७२ नम्बरको बसमा पाटन नगरपालिका ८ आरुबाटास्थित सडक माथिबाट ढुंगा खसेको अस्थायी ट्राफिक पोष्ट खोड्पेका ट्राफिक प्रहरी जगदिश चन्दले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *