साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारतबीच खेल सुरु

डिसी नेपाल
३० असोज २०७८ २०:५१

काठमाडौं । दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप २०२१’को फाइन खेल नेपाल र भारतबीच सुरु भएको छ। माल्दिभ्सको राजधानी मालेमा नेपाली समयअनुसार आज राति ८ः४५ बजे प्रतियोगिता सुरु भएको हो।

फाइनलमा पुगेको भारत र नेपालले यसअघिको समूह चरण खेल पनि खेलेका थिए। समूह चरणको खेलको अन्तिममा भारतले गरेको गोलका कारण नेपाल पराजित भएको थियो।

भारतले समूह चरणमा २ जित र २ बराबरी खेल्दै ८ अंक जोडेको थियो भने भने नेपालले २ जित, १ बराबरी र १ हारको नतिजासहित ७ अंक प्राप्त गरेको थियो।

सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पहिलोपटक प्रवेश गरेको हो। भारत भने साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टिम हो। उसले अहिलेसम्म ७ पटक च्याम्पियनसिपको उपाधि जितिसकेको छ।

दक्षिण एसियाली फुटबलमा राज गर्ने दौडको निरन्तरता विरुद्ध साफ च्याम्पियनसिपमा नयाँ विजेताका रूपमा उदाउने उत्कट चाहनामा रहेको नेपालबीचको घमासान प्रतिस्पर्धा हुनेछ।

आजको जितले नेपाललाई दक्षिण एसियाली फुटबलको नयाँ विजेताको उपमा दिलाउनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *