बाँकेमा एक महिनामा १४ वटा सवारी दुर्घटना : ७ जनाकाे मृत्यु, ३ जना घाइते

डिसी नेपाल
३१ असोज २०७८ १८:५५
84
Shares

नेपालगञ्ज । बाँकेमा पछिल्लो एक महिनामा भएका १४ वटा सवारी दुर्घटनामा परेर ७ जनाले ज्यान गुमाएका छन भने ३ जना गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको जानकारीअनुसार सबैभन्दा बढी सवारी दुर्घटनामा परेर पूर्वपश्चिम राजमार्गको कोहलपुर–शिवखोला सडक खण्डमा तीनजनाले ज्यान गुमाएका छन्।

यसैगरी नेपालगञ्ज–गुलरिया सडक खण्डको धनौली क्षेत्रमा दुईजनाले, राझा नजिकै एकजना र राझाको गाउँभित्र एकजनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए।

उनले एक महिनाको अवधीमा ट्राफिक नियम विपरित सडकमा गुडेका २ हजार ८ सय ५० सवारी साधनलाई कारबाही गरी १५ लाख ८० हजार राजस्व समेत संकलन गरिएको बताए।

उनले असोज महिनामा मापसे कारवाहीमा ५ जना परेको जानकारी दिँदै उनीहरूबाट ५ हजार राजस्व संकलन गरिएको बताए।

यसै अवधिमा सिट क्षमता भन्दा बढी यात्रु राख्ने १७ वटा सवारी साधनलाई कारबाही गरि १७ हजार राजस्व संकलन गरिएको छ। उनले कोहलपुर र नेपालगञ्ज बजार क्षेत्रमा प्रेसेर हर्नको प्रयोग गर्ने सवारी सवारी साधनहरूलाई कारबाही गरिएको बताउँदै प्रेसर हर्न राखिएका १०३ वटा सवारी साधनबाट हटाइएको र ४२ वटालाई कारबाही गरिएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *