महाकालीमा पानीको बहाब बढेपछि तटीय क्षेत्रका बस्ती डुबानमा

डिसी नेपाल
२ कार्तिक २०७८ १०:१४
108
Shares

कन्चनपुर। आइतबार साँझदेखिको अबिरल बर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढ्दा नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन्।

महाकालीमा पानीको वहाव बढ्दा आसपासका सम्पूर्ण बस्ती डुवानमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता शिद्दराज न्यौपानेले बताए । बाढी प्रभावित परिवारको तथ्यांक संकलन भइरहेको उनले जानाकारी दिए।

यसैगरी, महाकाली नदीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित भाइरल रोडसमेत कटान हुन थालेको छ। प्रबक्ता न्यौपानेका अनुसार रिङरोडको केही अंश कटान भएको छ।

यसैगरी, महाकाली नदीमा पानीले खतराको सतह पार गरेपछि गड्डाचौकी नाकामा रहेको नेपाल र भारत जोड्ने बनवासा पुलमा आवागमन बन्द गरिएको छ।

पुल पुरानो भएको र पानीको बहाव बढ्दा दुर्घटनाको जोखिम देखिएकोले आवागमन बन्द गरिएको प्रबक्ता न्यौपानेले बताए। बाढीका कारण कञ्चनपुरमा अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *