डेंगु रोगले वडा सदस्यको निधन

डिसी नेपाल
३ कार्तिक २०७८ २२:४६

काठमाडौं । डेंगु रोगले रम्भा गाउँपालिका–१ का ५७ वर्षीय वडा सदस्य हुमबहादुर सिंजालीको निधन भएको छ । डेंगुका कारण उपचारका क्रममा सिंजालीको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा निधन भएको हो ।

आइतबार हात दुख्ने समस्या देखिएर स्याङ्जाको गल्याङ सामुदायिक अस्पताल पुगेका सिञ्जालीलाई पट्टी बाँधेर अस्पतालले घर फर्काएको थियो । पछि पुनः हात दुख्ने र अरू समस्या देखिएपछि उनलाई तानसेनको युनाइटेड मिसन अस्पताल हुँदै बुटवल पुर्‍याइएको थियो ।

वडा सदस्य सिञ्जाली ०७३ को स्थानीय चुनावमा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए । वडा सदस्यको मृत्यु भएपछि गाउँपालिकाले पालिकाभर शोक बिदा दिएको छ । उपचारका क्रममा मङ्गलबार साँझ निधन भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए। सिंजालीको आज कालीगण्डकीस्थित करौदी खोलाघाटमा दाहसंस्कार गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *