रथबाट लडेर बालकको मृत्यु – Dcnepal

रथबाट लडेर बालकको मृत्यु

सिरहा । रथबाट लडेर सिरहामा एक बालकको मृत्यु भएको छ। सिरहा नगरपालिका–१२ सारस्वरका मोहम्मद इस्लाम राइनका १० वर्षीय छोरा १० जाहिद राइनको बुधबार बेलुका रथबाट लडेर मृत्यु भएको हो।

प्रहरीका अनुसार रथबाट लडेलगत्तै रथको पाङ्ग्राले किचेको थियो। घाइते राइनलाई तत्काल जिल्ला अस्पताल सिरहामा उपचारको लागि ल्याए पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी सुवास बुढाथोकीले जानाएको छ।

प्रहरीले रथ नियन्त्रणमा लिए पनि चालक फरार रहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो