एस्टन भिल्लामाथि आर्सनलको सहज जित
काठमाडौं। इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले एस्टन भिल्लामाथी सहज जित निकालेको छ। शुक्रबार राति घरेलु मैदानमा आर्सनलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको हो।
आर्सनलको सहज जितमा थोमस पार्टी, पिएरे इमरिक औवामियाङ र इमिल स्मिथ रोवीले गोल गरे। एस्टन भिल्लाका ज्याकोव राम्सेले १ गोल फर्काए। यो जितपछि आर्सनल ९ खेलबाट १४ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ । पराजित भिल्ला १० अंक जोडेर १३औँ स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment