जनकपुरमा जनमत पार्टीको अभद्र व्यवहारः सीके राउतले माफी माग्नु पर्ने

विजयप्रसाद मिश्र
६ कार्तिक २०७८ २०:२९

जनमत पार्टीका जिल्ला स्तरीय कार्यकर्ताहरुले जनकपुरको खानेपानी डिभिजन कार्यालयका प्रमुख जागेश्वर कुशवाहामाथि अभद्र व्यवहार गरी सडक परिक्रमा गराएको घटनाको सबैतिरबाट विरोध भइरहेको बेला स्वयं पार्टी अध्यक्ष सीके राउतले भने यसलाई जनकारवाही नाम दिएका छन् ।

स्थानीय प्रशासनले शुरुमा पक्राऊ गरेको ६० भन्दा बढी जुलुशमा सहभागीमध्ये १७ जनालाई राखेर अन्यलाई छोड्नुले यसमा नागरिकको सहभागिता पनि रहेको देखियो । यसले झिनो रुपमा भएपनि राउतले भनेको जनकाराही भन्ने तर्कलाई बल मिलेको छ । तर जनताले भने भन्दैमा एउटा राजनीतिक पार्टीले यस्तो हर्कत गर्नु हुन्थ्यो त भन्ने प्रश्न अहिले जोडतोडले उठीरहेको छ ।

राउतकै कथन अनुसार असारदेखि नै जनकपुरको एउटा वडाका ६० भन्दा बढी परिवारलाई हिडडूलमा अप्ठेरो पर्नेगरी डल बनाउने नाममा खाल्टो खनेकोले त्यहाँ पानी जमेर हिलो भएकोले बालबालिका स्कूल जान नपाएकोदेखि अभिभावकहरु काममा जान आउन समेत बाधा भएकोले बारम्बार नगरपालिका कार्यालय र खानेपानी कार्यालयमा जानकारी गराउदा समेत सुनवाइ नभएको आरोप जनमत पार्टीको छ ।

जनमत पार्टी अध्यक्ष राउतलाई काठमाडौंका मिडियाहरुले अन्तर्वार्ता लिएको देखिएको छ । ती अन्तर्वार्ताहरुमा राउतले उक्त घटना अन्तिम विकल्प भनेका छन् । जुलुशमा भाटा बोकेका मानिसहरु देखिएपनि कसैले अभद्र व्यवहार गरिएको भनिएका कार्यालय प्रमुख इन्जिनियरलाई भाटे कारवाही भने गरेको देखिदैन । इन्जिनियरलाई हुलहुज्जत गर्दै करिब २ किलो मिटर घुमाएको देखिन्छ ।

राउतकै कथन अनुसार असारदेखि नै जनकपुरको एउटा वडाका ६० भन्दा बढी परिवारलाई हिडडूलमा अप्ठेरो पर्नेगरी डल बनाउने नाममा खाल्टो खनेकोले त्यहाँ पानी जमेर हिलो भएकोले बालबालिका स्कूल जान नपाएकोदेखि अभिभावकहरु काममा जान आउन समेत बाधा भएकोले बारम्बार नगरपालिका कार्यालय र खानेपानी कार्यालयमा जानकारी गराउदा समेत सुनवाइ नभएको आरोप जनमत पार्टीको छ ।

उनीहरुले शुरुमा नगरपालिकालाई बस्तीमा बसोबास गर्ने नागरिकहरुको हस्ताक्षार सहित सडक बनाउन माग पेश गरेका थिए । नगरपालिकाले खानेपानीलाई पत्र पठाएर सुनवाइ गर्न भनेपनि अभद्र व्यवहार गरिएको भनिएका इन्जिनियरले डेलिगेशन जानेहरुलाई भाऊ दिएनन् ।

अर्थात उनीहरुलाई तिमीहरुको काम दुईबर्ष हुन सक्दैन भन्ने ओठे जवाफ दिएका रहेछन् । त्यसपछि बस्तीका मानिसहरु र जनमत पार्टीका कार्यकर्ताहरु मिलेर खानेपानी कार्यालयमा ताल्चा समेत लगाएछन् । कार्यालयमा ताल्चा लगाइसकेपछि कार्यालय प्रमुखले प्रहरीको रोहवरमा ताल्चा लगाउनेहरु समेतलाई बोलाएर सहमति गराएर खोल्न लगाएको भएपनि एउटा निकास निस्किने थियो ।

तर कार्यालय प्रमुखले यसको आवश्यकता नै महशुस नगरी आफै ताल्चा फोड्न लगाएर कार्यालय सञ्चालन गरेका रहेछन् । यहाँसम्मको गतिविधि हेर्दा कार्यालय प्रमुखले कार्यालय व्यवस्थापनमा व्यक्तिगत रुपमा आन्दोलनकारी वा सेवाग्राहीको मागलाई सुनवाई नगरी पेलेर जाने नीति लिएको देखियो ।

जनमत पार्टीको संगठन के नै छ र भन्ने उहाँको आंकलन हुन सक्दछ । तर त्यसो गर्दा पनि फेरी पनि जनमत पार्टीका कार्यकर्ताहरुले स्थानीय बासिन्दालाई लिएर खानेपानी कार्यालय पुगे । यो बेला उनीहरु धनुषा र वरपरका चार जिल्लाका आफ्ना कार्यकर्ताहरुलाई बोलाएर दलबल सहित गएका थिए ।

जनमत पार्टीको संगठन के नै छ र भन्ने उहाँको आंकलन हुन सक्दछ । तर त्यसो गर्दा पनि फेरी पनि जनमत पार्टीका कार्यकर्ताहरुले स्थानीय बासिन्दालाई लिएर खानेपानी कार्यालय पुगे । यो बेला उनीहरु धनुषा र वरपरका चार जिल्लाका आफ्ना कार्यकर्ताहरुलाई बोलाएर दलबल सहित गएका थिए । कार्यलय प्रमुख कुश्वाहाले उनीहरुलाई समेत समस्या समाधानका विकल्पहरुमा छलफल गर्नुपर्नेमा रवाफ देखाए ।

अर्थात दुई बर्ष सडक बन्दैन जे गर्नुछ गर भने । यसले यूवाहरु आक्रोशित भए र पार्टी र नागरिक मिलेर उनीहरुको शब्दमा जनकारवाही गरे । त्यसैले उनीहरुले यसलाई अन्तिम विकल्प भनेका छन् । तर के यो नै अन्तिम विकल्प हो त रु हैन अन्तिम विकल्प भनेको बस्तीमा बसोबास गर्ने सबै परिवारले मिलेर सडक बनाएको भए हुन्थ्यो ।

अथवा जनमत पार्टीलाई त्यहाँको नागरिकको माया लागेको हो भने वा विद्यार्थीको माया लागेको हो भने आफै चन्दा उठाएर सडक बनाए भयो नि भन्न पनि सकिन्छ । तर के त्यो पनि ठीक हो त ? त्यसो भए अर्को कुन उपाय थियो ? ४ महिनादेखि सुनवाइ नभएको र बोलीचालीमा पनि दम्भ भएपछि के गर्नु पर्दछ त ? कुनै राजनीतिक पार्टीको चश्मा वा जातिय चश्मा नलगाइकन भन्ने हो भने देशभर धेरै इन्जिनियर र कार्यालय प्रमुखहरु छन् तर कुश्वाहा नै किन फन्दामा परे भन्दा सजिलो उत्तर छ, चार महिनादेखिको रामकहानी ।

रामराज्य, सिताको माइती जनकपुर धाम जो आफैमा प्रदेश २ को राजधानी हो त्यो राजधानीको मुटुमा रहेको सडकलाई पनि सुधार गर्न नसके जनमत पार्टीले के गरेको फुर्ति लगाउने रु अरु पार्टी त भ्रष्टचारको लेवल लागेको कथाहरु धेरै छ । तर जनमत नयाँ पार्टी हो । नयाँ जोगिले धेरै खरानी घस्छ भनेजस्तै जनमत पार्टीका नेता कार्याकर्ताहरुले पनि केही गरेर देखाउनु पर्ने भएकोले कुश्वाहा बलिको बोको भए ।

कानुन अनुसार स्थानीय प्रशासनले कारवाही अगाडी बढाएको छ । तर यो जनमत पार्टीको लागि एउटा ठूलो सिकाई भएको छ । उनीहरुलाई लाग्छ एउटा विरालोलाई चारै तिरबाट छेक्नु भयो भने के गर्दछ ? चिथोर्न थाल्दछ । नागरिक र जनमत पार्टी मिलेर हामीले त्यही गरेको हौं भन्ने । हो कतैबाट नमानेपछिको अक्रोश हो जनकपुरको घटना, तर त्यसको पनि एउटा प्रक्रिया हुन्छ ।

सिंगो कुश्वाहा समाज अहिले जनमत पार्टीको यो गलत रवैयाको विरोधमा उत्रिएको हल्ला गरिदैछ । जबकी जनमत पार्टीका धनुषाका अध्यक्ष पनि महतो नै छन् । कुश्वाहा र महतो एउटै जाति हुन । धन्न कारवाही गर्न अगुवाई गर्ने र कारवाहीमा पर्ने दुवै महतो जातिका भएकाले यसले जातिय रुप लिने छैन । अझ भनौ यसलाई राजनीतिकरण गर्न खोजिएपनि अन्त्यमा कुश्वाहा र महतोहरु एकस्थानमा बसेर जातिय छलफलबाट यसलाई मिलाउन दुबै पक्ष अग्रसर हुन सक्दछन ।

तत्कालका लागि इन्जिनियर यशोसियसन समेत जनमत पार्टीको विरोधमा उत्रिएको भएपनि सी।के। राउत आफै इन्जिनियर भएका र उनको संगठनको बौद्धिक आधार पनि देशभरका वा विदेशमा रहेका मधेसी मूलका इन्जिनियरहरु हुन् । यसले पनि यो समस्यालाई इन्जिनियरहरुबाटै पनि समाधान गर्न सकिन्छ । स्थानीय प्रशासनले गरेको कारवाहीलाई सहजिकरण गर्न यी दुबै शक्ति कालन्तरमा उपयोगी हुने नै छन् ।

नागरिक भने फेरी पनि राजनीतिक पार्टीहरुले कुनै वितण्डा नमच्चाउन भन्ने पक्षमा छन् । धनुषाको प्रमुख जिल्ला अधिकारीले समेत बाटो विग्रिएको सम्बन्धमा फोन गरेर बाटो बनाइदिन अनुरोध गरेको भन्ने दावी जनमत पार्टीका कार्यकर्ताहरुले गरिरहेका छन् । त्यसो हो भने बाटा नबन्नुमा ठेकेदारको ढिलासुस्ती पनि हुन सक्दछ ।

नागरिक भने फेरी पनि राजनीतिक पार्टीहरुले कुनै वितण्डा नमच्चाउन भन्ने पक्षमा छन् । धनुषाको प्रमुख जिल्ला अधिकारीले समेत बाटो विग्रिएको सम्बन्धमा फोन गरेर बाटो बनाइदिन अनुरोध गरेको भन्ने दावी जनमत पार्टीका कार्यकर्ताहरुले गरिरहेका छन् । त्यसो हो भने बाटा नबन्नुमा ठेकेदारको ढिलासुस्ती पनि हुन सक्दछ ।

दुव्र्यवहारमा पर्नु भएका कार्यालय प्रमुखले बाटोको ठेक्का लागेको तर त्यो बनाउने म्याद दुई बर्षसम्म रहेकोले मैले केही गर्न नसक्ने भनेर आफ्नो निरिहता देखाएको हो भने जनमत पार्टीले समेत उहाँको बाध्यता बुझ्नु पर्ने हो । पार्टीको प्रचार होस भन्नका लागि गरिएको कदम हो भने यसले कसैको व्यक्तिगत स्वतन्त्रतामा आघात पुगेको देखियो । यसका लागि डा। सिके राउतले सार्वजनिक रुपमा माफी माग्नु पर्दछ । माफी माग्दा कोही सानो हुँदैन ।

आफूलाई कुट्ने प्रहरीलाई फुल उपहार दिने सीके राउतले माफी माग्दा सिंगो नेपालमा सकारात्मक सन्देश जान्छ । हुन त यही घटना नेपाली कांग्रेस वा जनता समाजवादी दल वा एमालेले गरेको भए मानवअधिकारवादी झस्किने थिएनन् । तर सीके राउतलाई शुरुमा मधेस टुक्राउन आएको शक्ति भनेर जुन आरोपहरु लगाइयो त्यसको प्रभाव अहिले धारणा राख्नेहरुमा पनि परेको देखियो ।

अझ निर्वाचन नजिकिदै गएपछि जनमत पार्टीले भ्रष्टचारको विरोध गर्दै कर्मचारी मात्र होइन जनप्रतिनिधिहरुलाई समेत जनकारवाही गर्ने हाक्का हाक्की भन्ने गरेपछि सिंगो सुरक्षा निकाय, स्थानीय प्रशासन र अहिले सत्तामा रहेको शक्ति एक्शनमा आउनु स्वभाविक हो । शनिवार बर्दिवासमा आयोजित एक कार्यक्रममा सी।के। राउतले भ्रष्टचारी जनप्रतिनिधिहरुलाई कारवाही गर्ने भनिरहेका छन् । यसले उनको अभियानको पहिलो शिकार खानेपानी कार्यालयका प्रमुख कुश्वाहा भएपनि अब जनप्रतिनिधिहरु मध्ये को को पर्ने हुन ?

सुरक्षा निकाय, प्रदेश सरकार र त्यसका पक्षधर राजनीतिक पार्टीहरु र मानवअधिकारवादी संघसंगठनहरुले जनकपुरमा जनमत पार्टीले गरेको वितण्डाको विरोध जनाएर कारवाही गर्नुपर्ने तर्क अघि सारेका छन् । मानव अधिकारको दृष्टिकोणले एक निजामति कर्मचारीलाई कार्यालयबाट लगायतको पोशाक च्यात्दै, हिलो छ्यापेर नगर परिक्रमा गराउनु गलत हो ।

यो कानुनलाई हातमा लिएको घटना नै हो । तर यस्तो भीडले नेपालमा धेरै स्थानमा धेरै पटक कानुनलाई हातमा लिएर विभिन्न गतिविधिहरु गरेको पाइन्छ । जुनजुन पार्टीले अहिले जनकपुरको घटनाको विरोध गरिरहेका छन् ती पार्टीका नेता र कार्यकर्ताहरुको नेतृत्वमा रहेको भीडले गौर हत्याकाण्ड गराएको अथवा एम्बुलेन्समा रहेको मानिसलाई निकालेर मारेको उदाहरणहरु दिएर सी।के। राउतले आफूले गरेको जनकपुरको घटना ठूलो होइन अथवा जनताको भीडले गरेको घटना हो भनेर दोष लिने पक्षमा देखिएका छैनन् ।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अवदुल खाँले कर्मचारी तन्त्रमा व्याप्त रहेको भ्रष्टचारको भूत निकाल्ने अभियान अन्तर्गत जनकपुरको खानेपानी विभागका प्रमुखलाई कारवाही गरिएको बताएका छन् । यसले जनमत पार्टीले यस जनकपुरको घटनालाई पुरुस्वार्थको रुपमा लिएको देखिन्छ । अझ उसले नयाँ सूचना सार्वजनिक गरेर घटनालाई अर्को रुपमा मोड्न खाजेको देखिएको छ ।

जनमत पार्टीको सचिवालयले जारी गरेका सूचनाहरुलाई हेर्दा २०७८ कार्तिक ५ गते शुक्रबार जसपाको धनुषा बैठकबाट आधिकारिक रूपमा सी के राउतको कार्यक्रममा जसपाले आफ्नो २०–२५ लठैतलाई पठाउने र प्रहरीमाथि ढुंगामुढा तथा भयावह आक्रमण गर्ने भनेर निर्णय गरेको आरोप लगाइएको छ । जनमत पार्टीले उक्त अडियो प्रमाणको रुपमा जिल्ला प्रहरी कार्यालयमा बुझाएको समेत बताएको छ । जसमा जसपा धनुषा अध्यक्ष पशुपति यादव र युवा नेता नविन यादवलाई नामै किटेर खटाइएको सुन्न सकिन्छ भनेको छ । यसका लागि स्थानीय प्रशासनलाई सचेत रहन समेत जनमत पार्टीले अनुरोध गरेको जनाइएको छ ।

नेपाल इन्जिनियर्स एशोसिएशनको निर्वाचन मंसिर २४ गते भएकाले सबै संगठनहरुले प्रेस विज्ञप्ती निकाल्ने होडवाजी भएको आरोप लगाउँदै जनमत पार्टीले विज्ञप्ती निकाल्ने इन्जिनियरहरू नै यी भ्रष्टाचारी मेयर र अध्यक्षहरूको फाइल पास गराउँदा–गराउँदै, झूठा मूल्यांकन र बिल पेश गर्दागर्दै आफ्नो इज्जतदार पेशालाई धरापमा पारेका छौ भनेर दावी गरेको छ । यसले अबका दिनमा इन्जिनियरहरु र जनमत पार्टीबीचमै जुवारी चल्ने देखिएको छ । जनमत पार्टीले इन्जिनियरहरुलाई भ्रष्टहरूको त्यो चुंगुलबाट बाहिर निस्कन र आफ्नो पेशाको मर्यादा फेरि कायम राख्न अनुरोध गरेको छ ।

जनता समाजवादी पार्टीको धुनुषा जिल्ला स्तरका नेताले एउटा राजनीतिक दल भएर भूमिगत पार्टीको जस्तो जनकारवाही गर्ने भन्नु लोकतन्त्रमा कहाँसममको जायज कुरा हो भनेका छन् ।

जनता समाजवादी पार्टीको धुनुषा जिल्ला स्तरका नेताले एउटा राजनीतिक दल भएर भूमिगत पार्टीको जस्तो जनकारवाही गर्ने भन्नु लोकतन्त्रमा कहाँसममको जायज कुरा हो भनेका छन् ।

जनकपुरको घटना एउटा परिणाम हो । यसका पछाडीका कारणहरु हुनमा जनकपुर महानगरपाकिला, खानेपानी र जनमत पार्टी तीनै दोसी देखिएका छन् । हिटोबाटोमा हिडन बाध्य भएका नागरिक र जनमत पार्टीका कार्यकर्ताको अनुरोध र अग्रहलाई हल्का रुपमा लिएकाले यो घटना भएको हो । अभद्र व्यवहार भोग्नुपरेका कार्यालय प्रमुखको कार्यालय व्यवस्थापन पक्ष धेरै कमजोर रहेछ भन्ने देखिएको छ । कुश्वाहाले अन्य कार्यालयहरुमा रहँदा त्यहाँका सेवाग्राहीसंग कस्तो कुराकानी गर्दथे ? कस्तो व्यवहार थियो ? त्यसबाट पनि यिनी अन्यायमा परेका हुन या धेरै कारणहरु घट्दै घट्दै गएपछि यो परिणाम आएको हो ? यसतर्फ स्थानीय प्रशासन, नागरिक समाज र मानवअधिकारवादीहरुले पनि हेक्का राख्नु पर्ने छ ।

कार्यालय प्रमुख कुश्वाहाले गल्ती नै गरिरहेको भएपनि उनीमाथी गरिएको अभद्र व्यवहार निन्दनीय नै छ । यसका लागि अभद्र व्यवहार गर्नेहरुमाथी कारवाही होला वा कार्यालय प्रमुख र अन्य इन्जिनियर्सहरुले मिलेर मिलापत्रको बाटो अपनाउलान त्यो त भविष्यको परिणामले देखाउने नै छ । तर सीके राउतले उक्त घटनामा आफ्नो नियत भ्रष्टचारीहरुलाई कारवाही गर्ने भएपनि हिलाम्मेबाटो ढीलो गरी बनाउन खोज्नु र सेवाग्राहीलाई अटेरी व्यवहार गर्नुलाई नै भ्रष्टचार भन्न मिल्दैन भन्ने बुझेर अभद्र व्यवहार गर्नेहरुको अभिभावकको हैसियतले सार्वजनिक रुपमा माफी माग्नु उत्तम हुन्छ । सीके राउतलाई नजिकबाट चिन्ने उनका शुभचिन्तकहरुले समेत यही आशा गरेको पाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *