नेपाली सेना उद्धार कार्यमा निरन्तर

डिसी नेपाल
७ कार्तिक २०७८ १९:२१
24
Shares

काठमाडौं । नेपाली सेनाले बाढीपहिरोको कारण जनजीवन प्रभावित इलाकामा जनशक्ति तथा स्रोेत साधन प्रयोग गरी खोज तथा उद्धार कार्य गरिरहेको छ ।

सो कार्यबमोजिम कात्तिक २ गते कालिकोट राम्नी ईलाकामा जोखिममा रहेका करिब ६० घरधुरीका २५० देखि ३०० जना स्थानीयलाई राम माध्यमिक विद्यालय र स्वास्थ्य चौकीको भवनमा सार्नुका साथै पहिरोमा पुरिएका खाद्यान्न, लत्ता कपडा र अन्य चलअचल सामान निकाल्ने कार्य गरिएको थियो ।

सेनाद्वारा रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका–५ स्थित गोसाईकुण्ड दर्शन गर्न जाने क्रममा ललितपुरका वर्ष २७ का राजाराम सुनार अत्याधिक चिसोको कारण लेक लागि धिम्सा इलाकामा अचेत अवस्थामा रहेको खबर प्राप्त भए पश्चात सेनाले उक्त बिरामीलाई थप उपचारको लागि रसुवा अस्पताल, धुञ्चेमा पु¥याएको जनाएको छ ।

कालिकोटकै खाडाचक्र नगरपालिका–६ पिलि–बिर्तामोड खण्डमा पहिरोसँगै ठूलो ढुङ्गा झरेर राजमार्ग पूर्णरुपमा अवरुद्ध भएपश्चात उक्त ढुङ्गालाई अन्य सुरक्षा निकायको सहकार्यमा बिष्फोटनमार्फत हटाइ राजमार्ग सुचारु गरेको सेनाले जनाएको छ । अविरल वर्षाको कारण डोटी सायल गाउँपालिका–४ भल्मामा ३० वर्षीय जङ्गबहादुर विष्टको घर पहिरामा परी निजको मृत्यु भएकामा सेनाले सो शव निकाल्ने कार्य गरेको थियो ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *