सरकारले गर्‍यो प्रहरी र सशस्त्र प्रहरीको रासनको दर १५ प्रतिशत वृद्धि

डिसी नेपाल
८ कार्तिक २०७८ १८:४७

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दर रेटमा १५ प्रतिशत वृद्धि गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

बैठकल नेपाल एयरलाइन्सका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गरेको छ । एयरलाइन्सको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *