अन्तिम संस्कारका बेला आफ्ना पिताको लाशअगाडि छोरीको हट पोज

डिसी नेपाल
९ कार्तिक २०७८ १३:३७

काठमाडौं। सामाजिक संजाल रेडिटमा एक अमेरिकी महिलाका तस्वीरहरु चर्चामा छन् । महिलाले आफ्ना पिताको लाशअगाडि उभिएर फोटोहरु खिचाएकी छिन् । अन्तिम विदाइको क्रममा उनले जसरी हट र ग्ल्यामरस फोटो खिचाएकी छिन् यसलाई लिएर सामाजिक संजालमा प्रयोगकर्ताहरुले प्रश्न उठाइरहेका छन् ।

डेलीमेलमा प्रकाशित एक रिपोर्टअनुसार यी महिलाले पिताको अन्तिम संस्कारमा कालो ड्रेसमा निकै ग्ल्यामरस तरिकाले फोटो खिचाएकी छिन् । महिला एक मिनी ड्रेसमा पिताको कफिनको छेउमा पोज दिइरहेकी छिन् । महिलाले यी फोटोहरु इन्स्टाग्राममा शेयर गरेकी थिइन् । त्यहाँबाट यी फोटोलाई रेडिटमा एउटा ग्रुपमा शेयर गरियो । त्यसपछि युजरहरुले यी महिलालाई ट्रोल गर्न थालेका हुन् ।

एक युजरले महिलाको व्यवहारलाई निकै अनुचित र असभ्य बताएका छन् । अर्का एक युजरले लेखेका छन् ‘कसैको मृत्यउुका यस्तो व्यवहारले शोभा दिँदैन, लज्जास्पद ।’ लाशअगाडि उभिएर यसरी फोटो खिचाउनु कसैलाई पनि मन परेको देखिएको छैन । युजर्सले यसलाई लिएर महिलाको निकै आलोचना गरेका छन् । महिलाले यस्तो किन गरिन् भन्ने विषयमा जानकारी सार्वजनिक भएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *