आर्यन खानको सुनुवाइ आज, शाहरुखले महान्यायाधीवक्तासहित वकिलको फौज उतारे

डिसी नेपाल
९ कार्तिक २०७८ १४:४०

काठमाडौं। बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान तीन हप्ताभन्दा धेरै समयदेखि जेलमा छन् । उनी मुम्बइ क्रुज ड्रग्स केसमा आर्थर रोड जेलमा छन् । कैयौं कोसिस गर्दा पनि आर्यनले अदालतबाट राहत पाउन सकेका छैनन् ।

तल्लो अदालतबाट जमानतमा रिहा गर्ने अपिल अस्वीकृत भएपछि उनका वकिल अब बाम्बे हाइकोर्ट पुगेका छन् । रोचक त के भने हाइकोर्टमा आज हुने सुनुवाइमा शाहरुख खानले छोरालाई बचाउन ठूला ठूला वकिलको फौज उतारेका छन् ।

सबैभन्दा खास नाम मुकुल रोहतगीको हो । उनी भारतका पूर्व महान्ययाधीवक्ता रहिसकेका छन् । आर्यनको पक्षमा दलील राख्नको लागि विशेष रुपले रोहतगी दिल्लीबाट मुम्बइ गएका छन् । आज उनी बाम्बे हाइकोर्टमा आर्यनलाई जमानत दिलाउनको लागि दलील राख्नेछन् ।

यसअघि आर्यनलाई जमानत दिलाउने कोसिस चर्चित वकिल सतीश मानसिन्देले गरेका थिए । त्यसपछि अमित देसाइले पनि अदालतमा आर्यनको बचाउ गरे तर सफल हुन सकेनन् । अब मुकुल रोहतगी जस्तो ठूलो नाम पनि यो सूचीमा जोडिएको छ ।

आज बाम्बे हाइकोर्टमा आर्यनको बचाउमा मुकुलसहित करंजवाला एण्ड कम्पनीको टिम उत्रिँदैछ । यसबाहेक रुबी सिंह, सन्दिप कपूर, अमित देसाइ, सतीश मानशिन्दे, आनन्दिनी फर्नान्डिज, रुस्तम मुल्ला जस्ता ठूला वकिलहरुलाई आर्यनलाई बचाउने जिम्मेवारी दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *